बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बुगाटीले विश्व बजारमा नयाँ हाइपर कार टुरबिलन लन्च गरेको छ । कारको सबैभन्दा विशेष कुरा यसको शक्तिशाली इन्जिन हो, जसले २२ मारुती सुजुकी स्विफ्ट बराबरको पावर जेनेरेट गर्न सक्छ ।
बुगाटी फक्सवागन समूहबाट अलग भइसकेको छ र इलेक्ट्रिक कार निर्माता कम्पनी रिमाक नेभेरासँग जोडिएको छ, अब कम्पनीको नाम बुगाटी रिमाक राखिएको छ ।
नयाँ बुगाटी टुरबिलन १८०० हर्स पावर क्षमता र आकर्षक डिजाइन भएको हाइपरकार हो । टुरबिनमा ८.३ लिटर नेचुरली एस्पिरेटेड भी१६ हाइब्रिड इन्जिन जडान गरिएको छ, जसले १००० एचपी पावर र ९०० एनएमको टर्क जनरेट गर्छ । इन्जिनसँगै कारमा ३ वटा इलेक्ट्रिक मोटर पनि जडान गरिएको छ ।
सो नयाँ पावरट्रेन ८ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग ट्युन गरिएको छ । बुगाटीको दाबी छ कि टुरबिलनले २ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ, जबकि ० देखि २९९ किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न १० सेकेन्ड मात्र लाग्छ । बुगाटीले टुरबिलनको टप स्पिड ४४५ किलोमिटर प्रतिघण्टा रहेको दाबी गरेको छ ।
सो कारले १५०० हर्स पावर दिने चिरोनलाई प्रतिस्थापन गर्नेछ । बुगाटी टुरबिलनको प्रारम्भिक मूल्य ४६ लाख डलर राखिएको छ । कम्पनीले सो कारको २५० युनिट मात्र उत्पादन गर्नेछ र यसलाई सन् २०२६ को सुरुमा डेलिभर गर्नेछ ।
बुगाटी टुरबिलनमा नयाँ डिजाइन गरिएको छ । सो हाइपरकारको अगाडि ठुलो घोडाको नाल जस्तो ग्रिल जडान गरिएको छ, जसको दुवै छेउमा क्वाड एलईडी हेडल्याम्प समावेश गरिएको छ । कारको बिचमा कम्पनीको सिग्नेचर स्पाइन देख्न सकिन्छ । पछाडिको भागमा बुगाटी लेटरिङसहितको पूर्ण चौडाइको एलईडी टेललाइट जडान गरिएको छ । साथै तल एक ठुलो डिफ्यूजर पनि समावेश गरिएको छ ।
कारको इन्टेरियर पूर्णतया नयाँ क्याबिन र ड्यासबोर्ड लेआउट दिइएको छ । सो कारको इन्स्ट्रयुमेन्ट क्लस्टर स्विस घडी निर्माताको सहयोगमा डिजाइन गरिएको छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टरमा टाइटेनियमका साथै नीलमणि र रुबी जस्ता रत्नको प्रयोग गरिएको छ, जसलाई ६ सयभन्दा बढी पार्टपुर्जा मिलाएर बनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...