पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गरिने

काठमाडौं – सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारीलाई प्रोेत्साहन गर्ने बताएको छ । पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ ।

यसका लागि अललम्बन गरिनु पर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन विज्ञ सहितको कार्यदल बनाइने छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक निर्माण तथा सम्भार दस्तुर र नवीकरण शुल्क छुट दिइने छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

त्यसैगरी स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने भएका छन् ।

अर्थमन्त्री बिष्णु पौडेलले ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् । यसअघि यस्तो भत्ता ६ हजार थियो ।

सम्बन्धित समाचारहरू

११ महिनामा ५६ हजार ६ सय युनिट स्कुटर र बाइक यातायातमा दर्ता

११ महिनामा ५६ हजार ६ सय युनिट स्कुटर र बाइक यातायातमा दर्ता

काठमाडौं – सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बाइक र स्कुटरको...

टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

विश्व प्रख्यात इभी निर्माता टेस्लाले सानो ह्याचब्याक निर्माण गर्ने भएको छ...

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...