बीपी राजमार्गमा बढ्यो सवारी चाप, मालवाहक गाडीलाई रातिमात्र सञ्चालन गर्न अनुमति
काभ्रे । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध...
भारत सरकारले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि बीएस७ उत्सर्जन मापदण्ड लागू गर्ने तयारी अघि बढाएको छ। हाल यसको विषयमा अन्तिम चरणको छलफल भइरहेको छ ।
भारतमा हाल बीएस ६ फेज २ उत्सर्जन मापदण्ड लागु भइरहेको छ। सो मापदण्ड २०२३ अप्रिल १ देखि लागू भएको हो। यसले सवारीसाधनबाट निस्कने हाइड्रोकार्बन, सल्फर र नाइट्रोजन अक्साइडलगायत प्रदूषकको मात्रा नियन्त्रण गर्छ ।
भारतमा भेहिकल एमिशनका लागि भारत स्टेज सन् २००० मा बीएस१ बाट भएको थियो। त्यसपछि प्रमुख सहरहरूमा बीएस २ लागू गरिएको थियो। बीएस२ को आधार युरोपेली उत्सर्जन मापदण्डमा आधारित थियो। सन् २०१० सम्म आइपुग्दा भारतको उत्सर्जन मापदण्ड युरोपको तुलनामा पछाडि परेको थियो। त्यसपछि भारतले थप कडा मापदण्डतर्फ जाने प्रक्रिया अघि बढायो र बीएस ४ बाट सीधै बीएस ६ मा जाने निर्णय गरेको थियो।
बीएस४ बाट बीएस६ मा प्रवेश गर्दा भारतले उत्सर्जनसम्बन्धी मापदण्डमा ठुलो परिवर्तन गरेको थियो। त्यसको तुलनामा बीएस६ बाट बीएस७ मा हुने परिवर्तन क्रमिक र स्वाभाविक हुने अपेक्षा गरिएको छ। यसले सवारीसाधन निर्माता कम्पनीलाई नयाँ प्रविधि अपनाउनुपर्ने दबाब केही हदसम्म कम गर्ने अनुमान गरिएको छ।यद्यपि नयाँ मापदण्ड पूरा गर्न सवारीसाधनमा आवश्यक प्राविधिक सुधार गर्नुपर्ने भएकाले यसको केही प्रभाव भने पर्न सक्छ ।
नयाँ मापदण्ड कहिलेदेखि लागू हुन्छ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। बीएस७ लागू भएपछि नयाँ सवारीसाधन खरिदका लागि केही बढी मूल्य तिर्नुपर्ने हुन सक्छ । साथै बीएस७ लागू भइसकेपछि केही मोडलको उत्पादन नै बन्द हुन सक्ने सम्भावना पनि रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...