चालकको अभावमा थन्किए सडक सफा गर्न भनेर ल्याइएका ७ ब्रुमर

काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक अभवाका कारण थन्किएको छ । ब्रुमर नभएपछि महानगरपालिकाले बाटो बढार्न सकेको छैन ।

ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । सम्झौताको मिति सकिएका कारण चालक बिदामा बसेको र अब नयाँ प्रक्रिया थालेर चालक आएपछि मात्र यी ब्रुमर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ । लामो समयदेखी पानी पर्न नसकेका कारण काठमाडौंका सडक धुलाम्य बनिरहेको छ । यस्तो अबस्थामा सडकको धुलो बढार्नुपर्ने ब्रुमर नै थन्किएर बसेपछि महानगरवासीले धुलो खानुको अर्को विकल्प रहेको देखिँदैन ।

सम्बन्धित समाचारहरू

अटो मेकानिक्स वर्कशपमा अब डस्टबिन

अटो मेकानिक्स वर्कशपमा अब डस्टबिन

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं उपत्यकाका विभिन्न...

व्यवसायी कोइराला भन्छन् – सेकेन्ड ह्यान्ड अर्थात पुराना कार किन्दा हुन्छन् यस्ता १० फाइदा

व्यवसायी कोइराला भन्छन् – सेकेन्ड ह्यान्ड अर्थात पुराना कार किन्दा हुन्छन् यस्ता १० फाइदा

धेरै व्यक्तिहरु नयाँ कार किन्न सक्दैनन् । दैनिक प्रयोजनका लागि अत्यावश्यक...

आइशर पर्फमर च्याम्पियनको उपाधी नेपाललाई

आइशर पर्फमर च्याम्पियनको उपाधी नेपाललाई

काठमाडौं– कमर्सियल भेइकल उत्पादक आइसरले हरेक वर्ष मनाउने ‘पर्फमर अफ द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...