एमजी कार किन्दा ३ लाख रुपैयाँसम्म बचत, अन्य सुविधासहित आयो चाडपर्ब अफर
काठमाडौं —एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स...
काठमाडौं –तीनकुनेस्थित बागमती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । पुरानो ठेक्का तोडिए पनि नयाँ ठेक्कामा जान बाँकी रहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ ।
सो पुल निर्माणका लागि लाग्ने लागतको अनुमानको काम सडक विभागले गर्न बाँकी रहेको आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनले भने, “विभागबाट त्यो आएपछि नयाँ ठेक्काका लागि प्रक्रिया हुनेछ ।”
निर्माण व्यवसायीको लापरवाहीका कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ । सो पुल यसअघि निर्माण कम्पनी आफैँले डिजाइन गर्नेगरी (डिजाइन एण्ड बिल्ड) सम्झौताका आधारमा निर्माण शुरु गरिएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उहाँले जानकारी दिए ।
यसअघि निर्माणको काम गरेको कम्पनीले गरेकोमध्ये प्राविधिक हिसाबले समस्या नभएको संरचना मात्रै स्वीकार गरिएको छ । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताए । सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ ।
कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको उनले बताए । काम गर्न आवश्यक रकम पेश्की (मोबाइलाइजेसन) पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको उनले बताए ।
नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणका लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई÷दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर गत वर्षदेखि नै प्रयोगमा आइसके पनि सो पुल निर्माण अघि बढ्न सकेको थिएन । यसअघि रु २१ करोड ३३ हजार बजेटमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको थियो ।
नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्स एण्ड ब्रिज) बाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । पुल साँघुरो भएकाले तिनकुने क्षेत्रमा सवारी चाप बढी हुँदा चालक र यात्रु हैरान छन् । रासस
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...