फक्सवागनले भारतीय बजारको लागि नयाँ कार विकास गरिरहेको छ । फक्सवागनको सो कारमा टाइगुन एसयूभी पनि समावेश रहेको छ । फक्सवागनले सो एसयूभी २०२० अटो एक्सपोमा प्रदर्शन गरेको थियो । फक्सवागनको पार्टनर स्कोडाको कुशाकमा पनि सबै फिचर समावेश गरिनेछ । स्कोडा इन्डियाले स्कोडा कुशाक १८ मार्चमा भारतमा लन्च गर्ने योजना बनाएको छ ।
फक्सवागनको टाइगुन परीक्षणको समयमा देखा परेको थियो साथै सो कारको तस्बिर पनि सार्वजनिक भएको थियो । फक्सवागन टाइगुनको फोटो अनुसार यो एक एसयूभी जस्तो देखिन्छ । यद्यपि सो कार टिगुआनको सानो भर्सन हो । सो कारमा बक्सी डिजाइन समावेश गरिएको छ ।
यसको साथै सो कारमा रेक्टेङ्गुलर एलिमेन्ट्स र क्लिन लाइनको प्रयोग गरिएको छ । सार्वजनिक भएको फोटो अनुसार सो कारमा एलईडी डीआरएलको साथमा ट्विन प्याड एलईडी हेडलाइट समावेश गरिएको छ ।
सो कारको ग्रिलको बीचमा फक्सवागनको ब्याज दिइएको छ र ३ वटा क्रोम स्लेट पनि प्रयोग गरिएको छ । फक्सवागनको तल्लो भाग एयर डेक स्टाइलिङको साथमा एग्रेसिभ र ठूलो देखिन्छ । यहाँ एयर ड्यामको तल फक्स स्किड प्लेट पनि देखिन्छ ।
सो कारको प्रोडक्सन स्पेक फक्सवागन टाइगुनमा डायमन्ड कट अलोय ह्विल, शार्क फिन एन्टेना र रुफ रेल समावेश गरिएको छ । कम्पनीले सो कारमा आकर्षक लुक दिनको लागि प्लास्टिक क्लेडिङमा जोड दिइएको छ । यसको पछाडिको भागमा एलईडी टेललाइटको प्रयोग गरिएको छ ।
सो कारको इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट युनिट, पुश स्टार्ट÷स्टप बटन, अटोमेटिक एसी, इलेक्ट्रिक सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, क्रुज कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर रहेको छ ।
फक्सवागन टाइगुनमा स्कोडा कुशाकको इन्जिन प्रयोग गरिएको छ । स्कोडा कुशाकमा १.० लिटर टर्बाे पेट्रोल इन्जिन र १.५ लिटर टर्बाे पेट्रोल इन्जिन समावेश रहेको छ । सो इन्जिन ६ स्पिड म्यानुअलको साथमा अटोमेटिक र ७ स्पिड डिएसजी गियरबक्सको साथमा प्रस्तुत गरिएको छ ।