बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध बाउन्स इन्फिनिटीको इलेक्ट्रिक स्कुटर ई१ नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा न्यु इनर्जी मोटर्सले सो स्कुटर नेपाल भित्र्याउने भएको हो । हाल यसको परीक्षण चलिरहेको र नेपाली सडक अनुसार यसमा केही परिमार्जन समेत गरिने कम्पनीको भनाइ छ ।

स्मार्ट इलेक्ट्रिक स्कुटरको रुपमा परिचित यो स्कुटरको लुक फरक हुनुका साथै यसमा स्वापेबल र पोर्टेबल ब्याट्री सिस्टम समेत रहेको छ । नेपालमा आवश्यकता अनुसार यसको समेत अप्सन उपलब्ध हुन सक्ने छ ।

बाउन्स इन्फिनिटी ई१ मा अल एलईडी लाइट उपलब्ध छ । यसमा भएको ह्यान्डल माउन्टेड एलईडी हेडल्याम्प स्टाइलिस र पावरफुल छ । यसको इन्डिकेटर पनि एलईडीयुक्त छ । यसले गर्दा स्कुटर स्पोर्टी देखिएको छ ।

यसमा सीबीएसका साथै ईबीएस समेत उपलब्ध छ । दुवै पांग्रामा डिस्क ब्रेक रहेको यो स्कुटरमा कम्बो ब्रेकिङ सिस्टमका साथै रिजेनेरेटिभ ब्रेकिङ सिस्टम उपलब्ध छ ।

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरमा सिक्स–एक्सिस एक्सेलेरोमिटर, ओभरभोल्टेज तथा अन्डरभोल्टेज प्रोटेक्सन, डिजिटल स्पिडोमिटर, साइड स्ट्यान्ड सेन्सर, एन्टी थेफ्ट अलार्म, जियो–फेन्सिङ र विभिन्न गतिविधि जानकारीका लागि अलर्ट सिस्टम पनि उपलब्ध छ । स्मार्टफोनमा उपलब्ध हुने स्कुटरको एपमार्फत सो जानकारी लिन सकिन्छ ।

सो इलेक्ट्रिक स्कुटरमा आईपी६७ रेटिङयुक्त बीएलडीसी हब मोटर छ । यसको पावर १.५ देखि २.२ किलोवाट सम्म छ । यसले १ हजार ५ सय वाटको पावर जेनेरेट गर्छ ।

यसमा २ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री छ, जसले सिंगल चार्जमा ८५ किलोमिटर सम्मको रेन्ज दिन्छ । ब्याट्रीलाई सामान्यतः साढे २ घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

६५ किलोमिटर प्रतिघण्टा टप स्पिड रहेको सो इलेक्ट्रिक स्कुटरमा इको र स्पोर्ट्सका साथै रिभर्स मोड समेत रहेको छ । यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ ।

बाउन्स इन्फिनिटी प्रसिद्ध ताइवानी कम्पनी हो । हाल यसको सम्पूर्ण सेयर भारतीयहरुले लिएका छन् ।

परीक्षण पश्चात छिट्टै नै यो स्कुटर नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

थापाथलीमा खुल्यो जीएसी आयोन वाईको फ्ल्यागसिप शोरुम, आयोन एस र हाइपर ईएस अनावरण

थापाथलीमा खुल्यो जीएसी आयोन वाईको फ्ल्यागसिप शोरुम, आयोन एस र हाइपर ईएस अनावरण

काठमाडौं – इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक...

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक...

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...