भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले
कार र प्रेम शब्दहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। कार केवल सवारी...
काठमाडौं – बोश नेपालद्वारा नेपालका लागि आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा काठमाडौँमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ सफलतापूर्वक सम्पन्न गरिएको छ। वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रममा करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादनहरू प्रस्तुत गर्नु रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा बोशका नयाँ उत्पादनहरू, विशेषगरी आई–सिरिज, नेक्स्ट जेनेरेसनका ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने अत्याधुनिक कोर्डलेस समाधानहरू प्रदर्शन गरिएको थियो। साथै, उत्पादन प्रदर्शन, व्यावसायिक छलफल तथा नेटवर्किङ सेसनमार्फत सहभागीहरूलाई बोशका नवीन प्रविधि र बजारका पछिल्ला प्रवृत्तिबारे जानकारी गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बोश पावर टुल्स इन्डियाका रिजनल प्रेसिडेन्ट सन्मय दासगुप्ताले नेपाल दक्षिण एसियामा बोश पावर टुल्सका लागि महत्वपूर्ण सम्भावना बोकेको बजार भएको उल्लेख गर्दै भने, “हामी आफ्ना डिलर साझेदारहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै, कोर्डलेस तथा व्यावसायिक उत्पादनहरूको दायरा विस्तार गर्दै र उत्कृष्ट बिक्रीपछिको सेवा तथा डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्न प्रतिबद्ध छौं। साथै, नेपालका हाम्रा डिलर तथा साझेदारहरूले देखाउनुभएको निरन्तर विश्वास, प्रतिबद्धता र सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।”
त्यसैगरी, बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले नेपाल, बोश पावर टुल्सका लागि महत्त्वपूर्ण विकासोन्मुख बजार भएको उल्लेख गर्दै भने, “नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको घनिष्ठ सहकार्यमार्फत हामी नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउन प्रतिबद्ध छौँ। यस सहकार्यले ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्नुका साथै विश्वस्तरीय पावर टुल्स समाधानको प्रयोगलाई थप विस्तार गर्ने विश्वास लिएका छौँ।”
इन्फ्राटेक प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै भने, “हाम्रो सफलताको आधार सुदृढ साझेदारी, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहक सन्तुष्टि हो। बोश र हाम्रो डिलर सञ्जालसँगको सहकार्यमा देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन पाउँदा हामी गर्व महसुस गर्छौँ ।”
कार्यक्रममा बोश पावर टुल्स, इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले बोशका नवीनतम उत्पादन तथा प्रविधिबारे विस्तृत प्रस्तुति दिएकी थिइन् ।
यस अवसरमा बोशका च्यानल साझेदारहरूको योगदानको सम्मान स्वरूप विशेष पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो। उत्कृष्ट व्यावसायिक प्रदर्शन, ब्रान्डप्रतिको प्रतिबद्धता तथा नेपालमा बोश पावर टुल्सको व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट १० ग्राहक तथा डिलरलाई सम्मान गरिएको थियो।
कार्यक्रमको समापनसँगै बोश नेपाल र इन्फ्राटेक प्रालिले आफ्ना साझेदारहरूलाई नवीन उत्पादन तथा उत्कृष्ट सेवा उपलब्ध गराउँदै सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। यस्ता कार्यक्रममार्फत बोशले नेपालभर व्यावसायिक साझेदारी विस्तार गर्दै दिगो व्यावसायिक विकासलाई थप गति दिने लक्ष्य लिएको छ।
बोश समूह विश्वका अग्रणी प्रविधि तथा सेवा प्रदायक कम्पनीमध्ये एक हो। सन् २०२५ डिसेम्बर ३१ सम्म कम्पनीमा विश्वभर करिब ४ लाख १३ हजार कर्मचारी कार्यरत छन्। सन् २०२५ मा कम्पनीले ९१ अर्ब युरो बराबरको कारोबार गरेको थियो। कम्पनीको व्यवसाय मोबिलिटी, औद्योगिक प्रविधि, उपभोक्ता सामग्री तथा ऊर्जा र भवन प्रविधि गरी चार प्रमुख क्षेत्रमा केन्द्रित छ। अन्य क्षेत्रका साथै अटोमोबाइल क्षेत्रमा पनि सो कम्पनीका प्रशस्तै उत्पादन प्रयोग हुने गरेका छन् ।
कार र प्रेम शब्दहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। कार केवल सवारी...
काठमाडौं – नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने...
काठमाडौं – चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...