नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको जोय मिहोस इलेक्ट्रिक स्कुटरले नयाँ कीर्तिमान बनाएको छ । स्कुटरको लोकप्रियता यसको बुकिङबाट पनि थाहा पाउन सकिन्छ । सो स्कुटर १५ दिनमा १८ हजार ६ सय युनिट बुकिङ भएको छ ।

सो स्कुटरको ५ विशेषताहरूका कारणले यसको लोकप्रियता बढेको अनुमान गरिएको छ ।

रेन्ज र स्पिड
जोय ई–बाइक मिहोस ७४ भी स्कुटरमा ४० एएच ब्याट्री समावेश छ । यो एक पटक चार्जमा ११० किलोमिटरसम्म चल्न सक्ने कम्पनीको दाबी छ । स्कुटरमा प्रयोग गरिएको १५०० वाटको मोटरले यसलाई ७० किलोमिटर प्रतिघन्टाको टप स्पिड प्रदान गर्छ ।

फास्ट चार्जिङ
साधारणतया अन्य स्कुटर फुल चार्ज हुन सामान्यतः ९ घन्टाको समय लाग्छ भने जोय मिहोस इलेक्ट्रिक स्कुटर ५.५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । सो स्कुटरमा फास्ट चार्जिङको सुविधा पनि प्रदान गरिएको छ ।

स्पिड
जोय ई–बाइक मिहोसको च्यासिस बनाउन ट्युबुलर मोनोकक नामक नयाँ सामग्री प्रयोग गरिएको छ । स्कुटरको तौल ११० किलो छ । यसले ७ सेकेन्डमा ०–४० किमी प्रतिघण्टाको गति लिन सक्छ ।

डिजाइन र फिचर
सो स्कुटरको डिजाइन र फिचर निकै आकर्षक छ । यसमा १२ इन्च अलोय ह्विल, रियर र फ्रन्टमा डिस्क ब्रेक, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र एलईडी हेडलाइट, टेल लाइट र टर्न सिग्नल जस्ता फिचर समावेश गरिएको छ । साथै स्कुटरमा ब्लुटुथ र डिजिटल स्क्रिन जस्ता एड्भान्स फिचर पनि समावेश छ ।

मूल्य र डेलिभरी
सो स्कुटरको मूल्य १ लाख ३५ हजार भारु तोकिएको छ । यसलाई कम्पनीको आधिकारिक वेबसाइटबाट ९९९ भारुमा बुक गर्न सकिन्छ । कम्पनीले अर्को महिनादेखि यसको डेलिभरी सुरु हुने पनि जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमै पहिलो पटक कारमा भरियो हाइड्रोजन ग्यास, खुुसी मनाउदै केयु

नेपालमै पहिलो पटक कारमा भरियो हाइड्रोजन ग्यास, खुुसी मनाउदै केयु

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक हाइड्रोजन कारमा ग्यास भरिएको छ ।...

ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

काठमाडौं – संघीय सरकारले ट्याक्सीको लागि नयाँ मापदण्ड निर्माण लगभग अन्तिम...

बीवाईडी एट्टो ३ बन्यो भीएबी इलेक्ट्रिक फेमिली कार अफ द इयर २०२३

बीवाईडी एट्टो ३ बन्यो भीएबी इलेक्ट्रिक फेमिली कार अफ द इयर २०२३

बेल्जियमको प्रतिष्ठित फ्लेमिस अटोमोबाइल क्लब भीएबीले बीवाईडी एट्टो ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...