थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको जोय मिहोस इलेक्ट्रिक स्कुटरले नयाँ कीर्तिमान बनाएको छ । स्कुटरको लोकप्रियता यसको बुकिङबाट पनि थाहा पाउन सकिन्छ । सो स्कुटर १५ दिनमा १८ हजार ६ सय युनिट बुकिङ भएको छ ।
सो स्कुटरको ५ विशेषताहरूका कारणले यसको लोकप्रियता बढेको अनुमान गरिएको छ ।
रेन्ज र स्पिड
जोय ई–बाइक मिहोस ७४ भी स्कुटरमा ४० एएच ब्याट्री समावेश छ । यो एक पटक चार्जमा ११० किलोमिटरसम्म चल्न सक्ने कम्पनीको दाबी छ । स्कुटरमा प्रयोग गरिएको १५०० वाटको मोटरले यसलाई ७० किलोमिटर प्रतिघन्टाको टप स्पिड प्रदान गर्छ ।
फास्ट चार्जिङ
साधारणतया अन्य स्कुटर फुल चार्ज हुन सामान्यतः ९ घन्टाको समय लाग्छ भने जोय मिहोस इलेक्ट्रिक स्कुटर ५.५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । सो स्कुटरमा फास्ट चार्जिङको सुविधा पनि प्रदान गरिएको छ ।
स्पिड
जोय ई–बाइक मिहोसको च्यासिस बनाउन ट्युबुलर मोनोकक नामक नयाँ सामग्री प्रयोग गरिएको छ । स्कुटरको तौल ११० किलो छ । यसले ७ सेकेन्डमा ०–४० किमी प्रतिघण्टाको गति लिन सक्छ ।
डिजाइन र फिचर
सो स्कुटरको डिजाइन र फिचर निकै आकर्षक छ । यसमा १२ इन्च अलोय ह्विल, रियर र फ्रन्टमा डिस्क ब्रेक, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र एलईडी हेडलाइट, टेल लाइट र टर्न सिग्नल जस्ता फिचर समावेश गरिएको छ । साथै स्कुटरमा ब्लुटुथ र डिजिटल स्क्रिन जस्ता एड्भान्स फिचर पनि समावेश छ ।
मूल्य र डेलिभरी
सो स्कुटरको मूल्य १ लाख ३५ हजार भारु तोकिएको छ । यसलाई कम्पनीको आधिकारिक वेबसाइटबाट ९९९ भारुमा बुक गर्न सकिन्छ । कम्पनीले अर्को महिनादेखि यसको डेलिभरी सुरु हुने पनि जनाएको छ ।
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन...
जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...