विद्युतीय सवारी साधानको कर नबढ्ने
काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत...
काठमाडौं – काठमाडौंमा प्रारम्भ भएको हिमालयन हाइड्रो एक्सपोमा भारतीय इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल ईट्रिस्ट ३५० को बुकिङ खुलेको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्स प्रालिले आफ्नो स्टलमार्फत बुकिङ खुलाएको हो ।
३.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मोटरसाइकलले सिंगल चार्जमा १४० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ । यसको टप स्पिड ८५ किलोमिटर प्रतिघण्टा छ । ब्याट्रीलाई फुल चार्ज हुन ६ घण्टा लाग्छ । यसमा ८४ भोल्ट ८ एम्पियरको चार्जर प्रयोग गर्न सकिन्छ ।
ड्राइभ, क्रसओभर र थ्रिल गरी तीन ड्राइभिङ मोड रहेको प्योर ईभी ईट्रिस्ट ३५० मा २.५ किलोवाटको नोमिनल र ४ किलोवाटको पिक बीएलडीसी हब मोटर छ ।
यो मोटरसाइकलमा डिजिटल स्पिडोमिटर र ओडोमिटर, सेन्ट्रल लकिङ तथा एलईडी हेडलाइट, टेललाइट, टर्न सिग्नल ल्याम्प र डीआरएल रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।
ह्वाइट लोटर्स मोटर्स स्रोतका अनुसार यो मोटरसाइकल करिव एक महिना भित्र नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य अहिले नै निश्चित नगरिए पनि करिव ४ लाख २० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । हाल बुकिङ गर्ने ग्राहकलाई केही रकम छुट समेत उपलब्ध हुने बताइएको छ ।
काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत...
अटोमोबाइल उद्योगमा यस्तो विद्युतीय मोटरसाइकल आउँदैछ जसले गति, सुरक्षा,...
मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मध्ये एक हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...