काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण
काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९...
काठमाडौं - टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले बहुप्रतिक्षित टियागो इभीको बुकिङ आरम्भ गरेको छ । इच्छुक ग्राहकहरुले घर बसी बसी आफ्नो वेवसाइट मार्फत नाम दर्ता गराई वा नेपालभर रहेको टाटा मोटर्सको शोरुमहरुमा गएर बुकिङ गर्न सक्नेछन् ।
टाटा टियागो ईभी मंगलबारबाट सुरु हुन गईरहेको १५औं टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित “नाडा अटो शो २०२३” मा विशेष कार्यक्रममा आकर्षक सुरुवाती मूल्य सहित सार्वजनिक गर्ने बताइएको छ । ग्राहकले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटोशोमा टाटा मोटर्सको स्टल नम्बर ब्घ मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सक्नेछन् । नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ ।
टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो, जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ । नेपालमा पनि टाटा टियागो ईभी एकदमै धेरै सोधखोज भईरहेको गाडी हो । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडीले विशेष गरी युवावर्गहरुमा थप उत्साह र ईभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा छ ।
नेपालमा टाटा टियागो इभी ५ वटा भेरियन्ट सहित ४ वटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमि सम्मको रेन्ज दिने अनुमान गरिएको छ ।
काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९...
कुश्मा – विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन...
काठमाडौं – विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘चाङ्गन’अब छिट्टै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...