रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा
फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११...
काठमाडौं – नेपाली ग्राहकले पनि अब बीएस६ इन्जिनयुक्त रेनो डस्टर चढ्न पाउने भएका छन् । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो डस्टर बीएस६ को बुकिङ खुला गरेको छ ।
कम्पनीले पहिले देखि नै नेपाली बजारमा रेनो डस्टर बिक्री गरिरहेको भए पनि अब बीएस६ इन्जिनमा ल्याउन लागेको हो । यसको मूल्य पनि बढाइएको छैन । करिव एक महिना भित्रै यो गाडी नेपाली बजारमा उपलब्ध भइसक्ने बताइएको छ ।
नयाँ बीएस६ मापदण्डयुक्त रेनो डस्टरमा १.५ लिटर पेट्रोल इन्जिन रहेको छ, जसले १०६ एचपी पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स रहेको छ ।
त्यसैगरी यसमा ड्राइभर तथा फ्रन्ट प्यासेन्जर एयरब्याग, सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ सेन्सर आदि विशेषता छन् । यसको वाहिरी र भित्री बनावटमा भने खासै परिवर्तन गरिएको छैन ।
ड्युअल एयरब्याग, स्मार्ट ड्यासबोर्ड, अलोय ह्विल, हिल असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम लगायतका विभिन्न विशेषता भएको नयाँ रेनो डस्टर आरएक्सएसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आरएक्सजेडको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी दुवै गाडी म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुने छन् ।
फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११...
रेनो इन्डियाले गत वर्षको सुरुमा आफ्नो कम्प्याक्ट एसयूभी काइगर भारतमा पेश...
फ्रान्सेली कार निर्माता कम्पनी रेनोले चाँडै नै नयाँ पुस्ताको डस्टर एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...