रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

काठमाडौं – नेपाली ग्राहकले पनि अब बीएस६ इन्जिनयुक्त रेनो डस्टर चढ्न पाउने भएका छन् । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो डस्टर बीएस६ को बुकिङ खुला गरेको छ ।

कम्पनीले पहिले देखि नै नेपाली बजारमा रेनो डस्टर बिक्री गरिरहेको भए पनि अब बीएस६ इन्जिनमा ल्याउन लागेको हो । यसको मूल्य पनि बढाइएको छैन । करिव एक महिना भित्रै यो गाडी नेपाली बजारमा उपलब्ध भइसक्ने बताइएको छ ।

नयाँ बीएस६ मापदण्डयुक्त रेनो डस्टरमा १.५ लिटर पेट्रोल इन्जिन रहेको छ, जसले १०६ एचपी पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स रहेको छ ।

त्यसैगरी यसमा ड्राइभर तथा फ्रन्ट प्यासेन्जर एयरब्याग, सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ सेन्सर आदि विशेषता छन् । यसको वाहिरी र भित्री बनावटमा भने खासै परिवर्तन गरिएको छैन ।

ड्युअल एयरब्याग, स्मार्ट ड्यासबोर्ड, अलोय ह्विल, हिल असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम लगायतका विभिन्न विशेषता भएको नयाँ रेनो डस्टर आरएक्सएसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आरएक्सजेडको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी दुवै गाडी म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुने छन् ।

सम्बन्धित समाचारहरू

रेनो डस्टरको पुनरागमन, हाइब्रिडसहित दमदार फिचर

रेनो डस्टरको पुनरागमन, हाइब्रिडसहित दमदार फिचर

रेनो इन्डियाले आफ्नो लोकप्रिय एसयूभी रेनो डस्टरको तेस्रो जेनेरेसन मोडल...

रेनोको नयाँ कार ‘बोरियल’, चाँडै लन्च हुने सम्भावना

रेनोको नयाँ कार ‘बोरियल’, चाँडै लन्च हुने सम्भावना

रेनोले विश्वका विभिन्न देशमा आफ्ना सवारी साधन बिक्री गर्दै आएको छ।...

आधुनिक प्रविधि र हाइब्रिड पावरट्रेनसहित आज लन्च हुँदै रेनो डस्टर

आधुनिक प्रविधि र हाइब्रिड पावरट्रेनसहित आज लन्च हुँदै रेनो डस्टर

रेनो आफ्नो सबैभन्दा चर्चित एसयूभी डस्टरलाई भारतमा पुनः भित्र्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...