एवोन भीको दुई भेरिएन्ट पोखरामा सार्बजनिक
पोखरा – नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा...
काठमाडौं–आगामी चैत्र १४ देखि पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने वाडा अटो शो–२०२५ का लागि स्लटहरुको बुकिङ खुला गरिएको छ । नाडासंगको सहकार्यमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन(वाडा) ले अयोजना गर्न लागेको उक्त मेला चैत्र १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको हो । ‘नाडा प्रिजेन्टस् वाडा अटो शो’ मा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुहअनुसार छुट्टाइएको आयोजक संस्था वाडाले जनाएको छ ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई मेलाले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने अपेक्षा राखिएको छ ।
ेसम्भाव्यता अध्ययन गरी आफ्ना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य प्रमुख सहरहरुमा समेत अटो प्रदर्शनीको आयोजना गर्ने नाडाले बताएको छ ।
पोखरा – नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा...
नेपालमा नाडा अटो शो भदौमा चल्ने चर्चा चलिरहदा भारतमा आगामी फेब्रुअरीमा...
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...