कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
काठमाडौं–आगामी चैत्र १४ देखि पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने वाडा अटो शो–२०२५ का लागि स्लटहरुको बुकिङ खुला गरिएको छ । नाडासंगको सहकार्यमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन(वाडा) ले अयोजना गर्न लागेको उक्त मेला चैत्र १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको हो । ‘नाडा प्रिजेन्टस् वाडा अटो शो’ मा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुहअनुसार छुट्टाइएको आयोजक संस्था वाडाले जनाएको छ ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई मेलाले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने अपेक्षा राखिएको छ ।
ेसम्भाव्यता अध्ययन गरी आफ्ना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य प्रमुख सहरहरुमा समेत अटो प्रदर्शनीको आयोजना गर्ने नाडाले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...