सिजी मोटर्सलाई बजेटको वम्पर, बजेट आएको १ हप्ता पछि नयाँ कार लन्च गर्दै
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक...
इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि लाइफ स्टाइलले असोज महिनाका लागि टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला गरेको छ । यो मोटरसाइकल सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहेको कम्पनी स्रोतले बताएको छ ।
सको मूल्य सिंगल व्याट्रीलाई ३ लाख ८० हजार र डवल व्याट्रीलाई ४ लाख ८० हजार रुपैयाँ पर्नेछ । यो मोटरसाइकललाई कम्पनीले सिमित संख्यामा आयत गरी कारोवार गर्दै आइरहेको छ । हाल वुकिङ लिने ग्राहकले असोज महिनाको पहिलो हप्तामा मोटरसाइकल हात पार्न सक्ने बताइएको छ । यो मोटरसाइकललाई ग्राहकले शुरुमा २० प्रतिशत रकम डाउनपेमेन्ट गरी वाँकी रकमलाई किस्तावन्दि योजनामा भुक्तानी गर्ने गरी समेत लिन सक्नेछन् ।
टिएस स्ट्रिट हन्टरमा ६० भोल्ट २६ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री र ३ हजार ५ सय वाटको वोस्क मोटर जडान गरिएको छ । जसमध्ये सिंगल व्याट्रीले १ सय र डवल व्याट्रीले २ सय किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । व्याट्रीलाई फुल चार्ज गर्न ३ देखी ३.५ घन्टा सम्मको समय लाग्नेछ ।
आकर्षक लुक्स तथा आधुनिक डिजाइनमा तयार पारिएको यो मोटरसाइकलमा रेसिङ स्तरको विशेष फ्रेम प्रयोग गरिएको छ । वाइकमा एलइडी लाइट, एलसिडी डिजिटल डिस्प्ले, स्मार्ट रिमोट की तथा एन्टिथेफ्ट अलार्म, ठूलो आकारको वुट स्पेस, आरामदायी सिट र इन्टेलिजेन्ट लाइट सेन्सिङ टेक्नोलोजी जस्ता फिचर्स समावेश गरिएको छ ।
मोटरसाइकलको दुवै चक्कामा कम्वी व्रेकिङ विशेषता सहितको डिस्क व्रेक जडान गरिएको छ । १८० एनएम टर्क जेनेरेट गर्न सक्ने यो इलेक्ट्रिक वाइकलाई प्रतिघन्टा ७५ किलोमिटरसम्मको गतिमा हाँक्न सकिने वताइएको छ । यो मोटरसाइकललाई कम्पनीले असोज ६ देखी अयोजना हुने नाडा इभी एक्सपोसमा समेत शोकेस गर्ने जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक...
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...
विश्वमै सर्बाधिक बिक्री भएको रेकर्ड कायम गरिरहेको बीवाईडीले पछिल्लो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...