आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने
काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...
काठमाडाैं - नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१ को बुकिङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएकाे छ । यात्री माेटरसाइकलले पहिलाे चरणमा १ हजार बाइककाे बुकिङ लिनेछ ।
कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइककाे बुकिङ गर्न सकिने व्यवस्था मिलाएकाे छ । यात्री माेटरसाइकलले खल्तीबाट मात्रै बुकिङकाे भुक्तानी लिनेछ ।
कम्पनीले नगद भुक्तानी नलिने जनाएकाे छ । माेटरसाइकलकाे बुकिङ गत शुक्रबारदेखि खुला भइसकेकाे छ ।
यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे ।
खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल नेपालकाे पहिलाे विद्युतीय माेटरबाइककाे प्रि-बुकिङ प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएकाे बताउँछन् ।
यात्री मोटरसाइकल्सको वेबसाइटमार्फत १० हजार रुपैयाँमा बुकिङ गरे पश्चात करिव तीन महिना भित्रै मोटरसाइकल उपलब्ध गराउने कम्पनीको भनाइ छ । सो रकम पछि फिर्ता हुने गरी बुकिङ उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
यात्री पी–० पहिले नै सार्वजनिक भए पनि हालै प्रोडक्सन भर्सन सार्वजनिक गरिएको छ । यसको मूल्य भने १९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...
नेटा भी नेपाल आउने चर्चा शुरु भएसँगै यो इलेक्ट्रिक कारका विषयमा विभिन्न...
काठमाडौं – विश्वमै लोकप्रिय मानिने निसानको इलेक्ट्रिक कार नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...