इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० को बुकिङ खुलेको छ । देशभर रहेका १५ डिलरमार्फत सो बाइक बुकिङ गर्न सकिने नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले जनाएको छ । त्यसैगरी पहिलो चरणमा १०० युनिट बाइक मात्र उपलब्ध हुने र पहिले बुकिङ गर्नेलाई बाइक उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

काठमाडौं उपत्यकाको नक्साल, टेकु, महारागजन्ज र गावहाल तथा उपत्यका वाहिर नारायणघाट, टाँडी, कावासोती, बर्दिबास, गौशाला, जनकपुर, पोखरा, बुटवल, दमक, विर्तामोड, इटहरी, सुर्खेत र दाङमा सो बाइक बुकिङ गर्न सकिन्छ ।

प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने

काठमाडौं – एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण...

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...