एमजी एस५ ईभी : बेलायतको सबैभन्दा भरपर्दो सानो पारिवारिक इलेक्ट्रिक एसयूभी घोषित
बेलायतमा गरिएको सन् २०२६ को विश्वसनीयता सर्वेक्षणमा एमजी एस५ ईभी सबैभन्दा...
बीएमडब्ल्युको नेपालका लागि आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड रुपैयाँ मूल्य पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।
कम्पनीका अनुसार सो मोडल यही कात्तिक महिनाको अन्त्य अर्थात २९ गते नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।
यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ। कम्पनीले जनाए अनुसार बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आईको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।
यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...