बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने

बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने भएका छन् । दुई कम्पनीले संयुक्त उद्यम (जेभी) स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरेका हुन् । बेंगलुरु, पुणे र चेन्नईमा आईटी विकास हबको स्थापना गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार उक्त साँझेदारीबाट बिएमडब्लुले टाटा टेक्नोलोजीको डिजिटल इन्जिनियरिङ विशेषज्ञताको फाइदा उठाउँदै बिएमडब्लुको विश्वव्यापी आइटी हबहरूमा सफ्टवेयर कोडिङ क्षमताहरूको विस्तारमा योगदान गर्नेछ ।

यो साँझेदारीले सफ्टवेयर–डिफाइन भेइकल (एसडीभी) को समाधान सहित रणनीतिक सफ्टवेयर विकासमा ध्यान केन्द्रित गर्न सहयोग गर्ने संयुक्त विज्ञप्तीमा भनिएको छ । अटोमोटिभ सफ्टवेयरको विकास मुलतः स्वचालित ड्राइभिङ, इन्फोटेनमेन्ट र डिजिटल सेवाहरूमा हुने जनाइएको छ ।

बिएमडब्लु समूहसँगको सहकार्यले विश्वभरका ग्राहकहरूलाई अटोमोटिभ सफ्टवेयर र डिजिटल इन्जिनियरिङमा स्तरिय समाधानहरू उपलब्ध गराउन मद्धत पुग्ने टाटा टेक्नोलोजीका सीईओ वारेन ह्यारिसले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...