बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने भएको छ । भोलि सोमबार सामाजिक सञ्जालमार्फत भर्चुअल रुपमा सो इलेक्ट्रिक कार आईएक्स ३ सार्वजनिक गरिने कार्यक्रम छ ।

नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले सो इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको हो । केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको सो इलेक्ट्रिक कार केही संख्यामा उपलब्ध हुने र पछि क्रमशः अन्य युनिट समेत भित्र्याइने छ ।

नेपाली बजारमा उपलब्ध हुने प्रिमियम इलेक्ट्रिक कार हुनेछ । यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध टेस्ला र हुन्डाई लगायतका कारसँगै अब अर्को ब्रान्ड समेत प्रतिस्पर्धामा थपिने छ । नेपाली बजारमा बीएमडब्ल्यु आईएक्स३ को एम स्पोर्ट्स भेरिएन्ट उपलब्ध हुनेछ ।

बीएमडब्ल्यु आईएक्स३ मा २१० किलोवाटको मोटर हुनेछ । यसमा ८० किलोवाट आवरको ब्याट्री हुनेछ, जसले सिंगल चार्जमा ४६० किलोमिटर सम्मको रेन्ज दिनेछ । यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिन्छ । यसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ६.८ सेकेन्डमै लिन सक्छ ।

गाडीमा विभिन्न आकर्षक फिचर र प्रविधि प्रयोग गरिएको छ । यसको वाहिरी भागमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट र लोगो तथा बीएमडब्ल्युको पहिचान झल्काउने विभिन्न फिचर छन् ।

सुरक्षाका लागि यसमा एक्टिभ प्रोटेक्सन, एडेप्टिभ सस्पेन्सन, एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, हेडअप डिस्प्ले, ब्रेक इनर्जी रिजेन, ब्रेक प्याड वेयर इन्डिकेटर, क्र्यास सेन्सर, ब्रेकिङ फङसन सहितको क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स प्लस, रेन सेन्सर लगायतका विभिन्न फिचर छन् ।

यी वाहेक अनगिन्ती कम्फर्ट र इन्टेरियर इक्विपमेन्ट रहेका छन् भने कम्युनिकेसन एन्ड इन्फोटेनमेन्टका लागि पनि १६ स्पिकर सहितका विभिन्न फिचर भएका इक्विपमेन्ट उपलब्ध छन् ।

यो गाडीको मूल्य अहिले सार्वजनिक भएको छैन । यद्यपि यसको मूल्य २ करोड रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एडास प्रविधि के हो र किन बन्दैछ आधुनिक कारहरूको अनिवार्य सुरक्षा सुविधा?

एडास प्रविधि के हो र किन बन्दैछ आधुनिक कारहरूको अनिवार्य सुरक्षा सुविधा?

आजभोलि नयाँ कार किन्ने सोच बनाउने धेरै ग्राहकहरूले एउटा शब्द बारम्बार...

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ नेपाली बजारमा उपलब्ध प्रिमियम सेग्मेन्टका इलेक्ट्रिक...

बीवाईडी सिलायन ७ बन्यो अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी, जर्मनीमा पछि प-यो टेस्ला

बीवाईडी सिलायन ७ बन्यो अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी, जर्मनीमा पछि प-यो टेस्ला

अप्रिल महिनामा बीवाईडीले जर्मनीमा १ हजार ५६६ युनिट गाडी बिक्री गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...