‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र टेक्नोलोजीसहित चांगान निभो क्यू०५ धनगढीमा सार्वजनिक
धनगढी – एमएडब्लु वृद्धि अटोकर्प प्रालि अन्तर्गत धनगढी क्षेत्रका लागि...
काठमाडौं – बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२ (आईएक्स–टु) लक्जरी इलेक्ट्रिक एसयूभी उपलब्ध भएको छ ।
एक कार्यक्रमका बिच नेपालका लागि बीएमडब्लुको आधिकारिक वितरक लक्ष्मी प्रिमियमले सो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो । यसको मूल्य १ करोड ७९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भन्दा पहिले नेपाली बजारमा बीएमडब्लुका दुई मोडल आईएक्स वान र आईएक्स थ्री उपलब्ध थिए ।
कुपे डिजाइनमा उपलब्ध आईएक्स२ मा ‘ई–ड्राइभ–२० सिस्टम’ अन्तर्गत १५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर दिइएको छ । यसमा ६६.५ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ, जसले सिंगल चार्जमा ४४९ किलोमिटरको रेन्ज दिने बताइएको छ । यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ। यसको टप स्पिड १७० किलोमिटर प्रतिघण्टा छ । शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति यसले ८.६ सेकेन्डमै लिन सक्छ ।

आईएक्स२ को इन्टेरियरमा ड्युल कर्भ स्क्रिन लेआउट पाउन सकिन्छ । हेडअप डिस्प्ले, १२ वटा स्पिकरसहितको हर्मन कार्डनको म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरीसहितको पावर्ड फ्रन्ट सिट उपलब्ध छ । यसका साथै वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्टजस्ता फिचरले चालक र यात्रु दुवैलाई सहज बनाउने कम्पनीले जनाएको छ।

सुरक्षाका लागि आईएक्स२ मा ७ वटा एयरब्याग, चार वटै चक्कामा डिस्क ब्रेक, इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डायनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सन, हाइबिम असिस्टजस्ता फिचर पाउन सकिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...