बीएमडब्ल्युले ल्यायो अनौठो इलेक्ट्रिक स्कुटर, हेलमेट बिना पनि चलाउन सकिने सुविधा

बीएमडब्ल्यु मोटरार्डले आईएए मोबिलिटी 2025 शोमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर भिजन सीईको कन्सेप्ट पेश गरेको छ। सो स्कुटरको विशेषता भनेको हेलमेट र राइडिङ गियर बिना पनि चलाउन सकिने क्षमता हो। यसलाई बीएमडब्ल्युले विगतमा उत्पादन गरेको सी१ स्कुटरको आधुनिक र इलेक्ट्रिक संस्करणका रूपमा प्रस्तुत गरेको हो।

सो स्कुटरमा सेफ्टीको नयाँ अवधारणा लागु गरिएको छ। धातुको ट्युबुलर संरचनाले बनेको सुरक्षा पिंजराले सवारलाई लड्दा वा पल्टिए पनि सुरक्षित राख्छ। यसमा सिटबेल्ट सिस्टम पनि दिइएको छ भने एक भेरिएन्टमा रेसकार जस्तै पाँच–पोइन्ट हार्नेस पनि देखिन्छ। टक्करको प्रभाव कम गर्न यस पिंजरामा फोम प्याडिङ जडान गरिएको छ।

नयाँ भिजन सीईको डिजाइन निकै आकर्षक र भविष्यवादी देखिन्छ। लामो ह्विलबेस र कम स्लङ फ्रेमका कारण यसलाई जमिनमाथि तैरिरहेको जस्तो देखिन्छ। सेतो र कालो रङको संयोजनमा नियोन रातो हाइलाइट थपेर यसलाई थप आधुनिक रूप दिइएको छ। यसको सिट डिजाइनर लाउन्ज कुर्सी जस्तै देखिन्छ ।

यसमा सेल्फ ब्यालेसिङ प्रविधि पनि प्रयोग गरिएको छ। जाइरोस्कोप, सेन्सर, सफ्टवेयर र एआई प्रविधिको प्रयोग गरेर तयार गरिएको सो सिस्टमले स्कुटर रोकिदा पनि कुनै समर्थन बिना सीधा रहन मद्दत गर्छ। यस सुविधाले सहरको ट्राफिकमा सवारीलाई सजिलो बनाउँछ र नयाँ सवारका लागि थप सुरक्षित अनुभव दिन्छ।

हालसम्म कम्पनीले यसका सम्पूर्ण प्राविधिक विवरण सार्वजनिक गरेको छैन। तर यो सीई०४ आर्किटेक्चरमा निर्मित छ, जसले ४२ पीएस पावर उत्पादन गर्ने र २.६ सेकेन्डमै ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने बताइएको छ। यसको रेन्ज करिब १३० किलोमिटरसम्म रहनेछ।

बीएमडब्ल्युले यसअघि पनि यस्तै अवधारणामा आधारित सी१ स्कुटर सन् २००० देखि २००२ को बीचमा उत्पादन गरेको थियो। छाना, रोल केज र सिटबेल्टसहित आएको त्यो स्कुटर भने बजारमा सफल हुन सकेन। तर कम्पनीले यो विचार त्यागेन र अहिले आधुनिक प्रविधि तथा नयाँ डिजाइनको साथ भिजन सीई मार्फत यसलाई पुनः प्रस्तुत गरेको छ।

सम्बन्धित समाचारहरू

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई...

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...