बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युका दुई बाइक बीएमडब्ल्यु जी३१० जीएस र बीएमडब्ल्यु जी३१० आर खरिद गर्न चाहने ग्राहकले ६० हजार रुपैयाँ बराबरको छुट अफर पाउने भएका छन् ।
नेपालमा बीएमडब्ल्यु बाइकको आधिकारिक वितरक टर्क मोटर्स अन्तर्गतको हिमालय मोटरार्डले लिमिटेड युनिटका लागि मात्र सो अफर उपलब्ध गराउने बताएको छ । यसका लागि बुकिङ खुला गरिएको कम्पनीको भनाइ छ ।
सो छुट क्यास र विभिन्न एसेसरिजमा उपलब्ध हुनेछ । यी दुई बाइकको मूल्य क्रमशः १० लाख ९० हजार र ९ लाख ७५ हजार रुपैयाँ छ ।
त्यसैगरी ३ वर्ष सम्म अनलिमिटेड किलोमिटर वारेन्टीका साथै ३ वर्ष सम्म जिरो कस्ट सर्भिसिङ सुविधा समेत उपलब्ध छ ।
यी बाइक किन्नका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
बीएमडब्ल्यु जी ३१० जीएस एड्भेन्चर तथा टुरिङ मोटरसाइकल हो । यसमा ३१३ सीसीको लिक्विड कुल्ड डीओएचसी इन्जिन छ, जसले ३४ एचपी र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ईएफआई सिष्टमको इन्जिन र पछिल्तिर फर्किएको सिलिन्डर हेडले चिसो हावा छोड्न र राम्रो पर्फमेन्स प्रदान गर्न भूमिका खेल्छ । यसमा भएको लामो स्विङआर्म र ५८ इन्चको छोटो ह्विलबेसले ब्यालेन्स नियन्त्रण गर्न र स्ट्याबिलिटी सुधारमा सहयोग गर्छ ।
बीएमडब्ल्यु जी ३१० आर स्ट्रिट नेकेड मोटरसाइकल हो । यसमा भएको इन्जिनले ३४ एचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको रिजिड ट्युबुलर स्टिल फ्रेम, अपसाइड डाउन फोर्क र लामो स्विङ आर्मले राइडिङ स्ट्याबिलिटी, स्टेयरिङ रेस्पोन्स र साउन्ड ह्यान्डलिङमा सहयोग गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...