विद्युतीय गाडीको इतिहास : १९ औँ शताब्दीको प्रविधिबाट आधुनिक क्रान्तिसम्म
आज विश्वभर विद्युतीय सवारी साधन (ईभी को प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...
अमेरिकाको लस भेगासमा सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२२) सुरु भएको छ । उक्त शोमा विभिन्न नयाँ टेक्नोलोजीहरू प्रस्तुत गरिएको छ । यसमा विभिन्न कम्पनीहरुले ल्याएका नयाँ प्रविधिहरु छन्, जसमा अटोमोबाइल समेत संलग्न छन् ।
बीएमडब्ल्युको रङ परिवर्तन गर्न सक्ने कार
बीएमडब्ल्युले आईएक्स मोडलको इलेक्ट्रिक कारमा रङ परिवर्तन गर्ने फिचर ल्याएको छ । जर्मन कार कम्पनीले शोमा आफ्नो कारमा यस्तो प्रविधि ल्याएको बताएको छ, जसमा १ बटनको मद्दतले यसको एक्सटेरियरको रङ परिवर्तन गर्न सकिन्छ । कम्पनीले कारका अन्य फिचरहरूको विवरण भने खुलाएको छैन ।
सोनीको इलेक्ट्रिक कार
उक्त शोमा सोनीले ७ सिटर एसयूभी भिजन एस–०२ को प्रोटोटाइप ल्याएको छ । सन् २०२० को शोमा देखाइएको इलेक्ट्रिक कार पनि यो कारसँग मिल्दोजुल्दो रहेको बताइएको छ । यसलाई ५ सिटरको सट्टा ७ सिटरमा परिवर्तन गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...