टप ५ बाइक र स्कुटर जसमा ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ

ब्लुटुथ कनेक्टिभिटी टु ह्विलरमा सबैभन्दा लेटेस्ट टेक्नोलोजी हो । जसको माग बढिरहेको छ । सो प्रविधि केही वर्ष अगाडि मात्र विकसित गरिएको थियो । पहिलो पटक सो प्रविधि केही बाइक र स्कुटरमा मात्र उपलब्ध थियो । हाल ब्लुटुथ कनेक्टिभिटी फिचर हिरो मोटोकर्प, टीभीएस र सुजुकीका बाइक तथा स्कुटरमा उपलब्ध रहेको छ ।

हिरो मोटोकर्प
हिरो एक्सट्रिम २०० एस, एक्सपल्स २०० र एक्सप्लस २००टीमा ब्लुटुथ कनेक्टिभिटी फिचर उपलब्ध रहेको छ । यसको साथै एलईडी डिस्प्ले पनि उपलब्ध रहेको छ । बाइक राइडरले फोनको मदतले ब्लुटुथ कनेक्ट गर्न सकिन्छ । जसले राइड गाइडबाट कललाई अपरेट गर्नुका साथै नेभिगेसन र गियर नम्बरको पनि जानकारी लिन सकिन्छ ।

टीभीएस अपाचे आरटीआर २०० ४भी
टीभीएसको सबैभन्दा पावरफुल बाइकमा ब्लुटुथ कनेक्टिभिटी फिचर समावेश गरिएको छ । सो बाइकमा ब्लुटुथलाई इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा जोड्न सकिन्छ । जसमा राइडरले कल, स्पिड र ल्याप टाइम नियन्त्रण गर्न सक्छन् ।

यामाहा एफजेडएस–एफआई
यामाहाले हालै एफजेडएस–एफआई बाइकमा ब्लुटुथ कनेक्टिभिटी सिस्टम समावेश गरेको छ । जसको लागि एक्स एप डाउनलोड गर्नु पर्छ ।

सुजुकी एक्सेस १२५
सुजुकीको सो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी उपलब्ध रहेको छ । जसको माध्यमले कल, एसएमएस अलर्ट, ह्वाट्सएप अलर्ट र एक्सपेक्टेड ट्राभल टाइम पत्ता लगाउन सकिन्छ ।

टीभीएस एनटर्क १२५
टीभीएसले सो स्कुटरमा ब्लुटुथको साथै ५ इन्चको एलसीडी डिस्प्ले समावेश गरेको छ । जसले इन्जिनको टेम्परेचर, सर्भिस रिमाइन्डर र स्पिडको बारेमा जानकारी दिन्छ । साथै सो एप टीभीएस एनटर्क १२५लाई स्मार्टफोनमा पनि कनेक्ट गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...