नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

काठमाडौं – यही फागुन १ देखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने सुविधा प्रारम्भ भएको छ । हाल ई–सेवा र खल्ती डिजिटल एपबाट यो सुविधाका लागि रकम भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ ।

हाल बागमती प्रदेशमा मात्र उपलब्ध भएको यो सुविधा भविष्यमा अन्य प्रदेशमा समेत प्रारम्भ हुने आशा गर्न सकिन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ :

– सबैभन्दा पहिले बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीमा आफ्नो सवारी साधनको सबै विवरण भरेको हुनुपर्छ । यदि यो विवरण भरेको छैन भने यसका लागि नागरिक एप वा बागमती प्रदेशको पोर्टलबाट सहज तरिकाले भर्न सकिन्छ ।

– आफ्नो स्मार्टफोनमा नागरिक एप छैन भने नागरिक एप डाउनलोड गर्ने । छ भने ठीक छ । नागरिक एप लगइन गरीसके पछि त्यहाँ भएको भेइकल ट्याक्स अर्थात सवारी कर लेखिएको विकल्पमा गएर आफ्नो सवारी साधनको विवरण भर्ने ।

– सवारी साधनको विवरण भर्दै गए पछि बागमती प्रदेश छनोट गरेर आफ्नो सवारी साधन दर्ता रहेको कार्यालय छनोट गर्ने ।

– सवारी साधनको किसिम छानी नम्बर र अन्य विवरण उल्लेख गर्ने । अनि अन्तिममा रहेको सर्च बटन थिच्ने ।

– पहिले नै यातायात व्यवस्थापन सूचना प्रणालीको सर्भरमा भएको विवरण अनुसारको सवारी साधनको विवरण यसमा देखिन्छ । त्यसपछि दायाँबाट बायाँतर्फ स्वाइप गर्दा आफ्नो सवारी साधनको तिर्नुपर्ने सम्पूर्ण विवरण देखिन्छ । त्यसको अन्तिममा रहेको ‘पे नाउ’ लेखिएको बटन थिच्ने । त्यसपछि सम्पूर्ण रकम सहितको विवरण देखिए पछि आफूलाई पायक पर्ने कार्यालय छनोट गर्ने ।

– अब कुनबाट भुक्तानी गर्ने भन्न विकल्प रोज्न सकिन्छ । ती मध्ये एउटा विकल्प छनोट गरी नवीकरण दस्तुर बुझाउने ।

– अब नागरिक एपमा पहिले सवारी विवरण देखिएको स्थानमा बायाँतर्फ आफूले भुक्तानी गरेको सवारी करको विवरण हेर्न सकिन्छ । यहीबाट हालै आफूले भुक्तानी गरेको पछिल्लो रकमको बिल डाउनलोड गर्ने ।

– अब कुनै इन्स्योरेन्स कम्पनीबाट तेस्रो पक्ष बिमा गर्न सकिन्छ । ई–सेवा र अन्य विभिन्न वालेटबाट पनि यस्तो इन्स्योरेन्स खरिद गर्न सकिन्छ ।

– अब यो तेस्रो पक्ष बिमा गरिएको कागजात र हालै डाउनलोड गरेको बिलबिजक प्रिन्ट गर्ने र नजिकको यातायात कार्यालय जाने । मोबाइलबाट यो सबै कार्य गरेको एक महिना भित्र यो कार्य गर्न सकिन्छ । त्यसपछि ब्लुबुक नवीकरण हुन्छ ।

सम्बन्धित समाचारहरू

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्धन...

गाडीको एलसी रोक्न राष्ट्र बैंकको मौखिक निर्देशन, व्यवसाय थप संकटमा पर्ने संकेत

गाडीको एलसी रोक्न राष्ट्र बैंकको मौखिक निर्देशन, व्यवसाय थप संकटमा पर्ने संकेत

काठमाडौं – नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा तथा...

प्रभु बैंकले विद्युतीय सवारी साधनमा ऋण लगानी गर्ने, लक्जेम्बर्गको एक बैंकबाट ६६ करोड प्राप्त

प्रभु बैंकले विद्युतीय सवारी साधनमा ऋण लगानी गर्ने, लक्जेम्बर्गको एक बैंकबाट ६६ करोड प्राप्त

काठमाडौं – प्रभु बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...