अटोमेकानिक्स महासंघको टोलीद्वारा चीन भ्रमण सम्पन्न, चिनियाँ सवारी र पार्ट्स लगायतको जानकारी हासिल
काठमाडौं नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको प्रतिनिधिमण्डलले...
काठमाडौं – नेपाल हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न सो रक्तदान कार्यक्रममा १ सय जना भन्दा बढीले रक्तदान गरे ।
सो अवसरमा प्रमुख अतिथिको रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सवारी साधन एकै स्थानमा मर्मत गर्नका लागि आवश्यक अटोल्यान्डको स्थापनाका लागि नगरपालिकाले पहल गर्ने बताए । उनले हेभी इक्विपमेन्ट लगायतका सवारीबाट देशको विकास निर्माणमा सहयोग पुगेको बताउदै आगामी दिनमा यो व्यवसायलाई अझै मर्यादित बनाउनका लागि सहयोग गर्ने र युवाहरुलाई समेत यो पेशामा आकर्षित गर्नुपर्ने बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अटोल्यान्ड स्थापनाका लागि नगरपालिकाको महत्वपूर्ण भूमिका हुने भएकाले आगामी दिनमा सबै मिलेर कार्य गर्नुपर्ने बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका यादवलाल श्रेष्ठले व्यवसायीको हितका लागि सबैले मिलेर कार्य गर्नुपर्ने बताए ।
हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्र बहादुर अधिकारीले आगामी दिनमा सबैसँग मिलेर यो व्यवसायलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा विभिन्न निर्माण क्षेत्रमा प्रयोग हुने एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर आदि हेभी इक्विपमेन्टको मर्मत कार्यमा संलग्न व्यवसायीहरु मिलेर २०७७ माघ २५ गते नेत्रबहादुर अधिकारीको अध्यक्षतामा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको गठन भएको थियो । पछि २०७८ पुस १० मा सम्पन्न प्रथम अधिवेशनद्वारा अधिकारीकै अध्यक्षमा नयाँ समिति बनेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...