चितवनमा अटोमोबाइल व्यवसायीहरुले गरे रक्तदान (फोटोफिचर)

चितवन - चितवन अटोमोबाइल्स एसोसिएसनको २८औं स्थापना दिवसको उपलक्ष्यमा एसोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवनदान रक्तदान महादान’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै मंगलबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५ जना महिला सहित ५८ जनाले रक्तदान गरेका छन् ।

चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष अमृत जोशीको अध्यक्षता, भरतपुर महानगरपालिका वडा नंं. १० का वडाध्यक्ष तथा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुपिडित भण्डारीको प्रमुख आतित्थ्यता र चितवन अटोमोबाइल्स एसोसिएसनका संस्थापक अध्यक्ष निरकुमार पियाको विशिष्ठ आतित्थ्यतामा सम्पन्न सो कार्यक्रममा अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भिमलाल न्यूरेले स्वागत मन्तव्य दिएका थिए ।

सो कार्यक्रममा अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डे, चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनका उपाध्यक्ष गोपाल भट्टराई र चितवन अटोमोबाइल्स रिकण्डिसन व्यवसायी संघका उपाध्यक्ष दिपक खड्का अतिथिको रुपमा उपस्थित थिए ।

अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेले शुभकामना मन्तव्य दिएका सो कार्यक्रममा प्रमुख अतिथि भण्डारीले रक्तदान पुण्यकार्य रहेको भन्दै रक्तदान जस्तो सामाजिक कार्यमा सबैजना सरिक भई यथासक्य धेरै रगत दान गर्न आह्वान गरे । उनले अटोमोबाइल्स क्षेत्रको लागि अति आवश्यक अटोल्याण्ड निर्माण अवश्यनै सम्पन्न हुने कुरा विश्वास व्यक्त गरे ।

चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष अमृत जोशीले संस्थाले प्रत्येक बर्ष गर्दै आएको विभिन्न सामाजिक कार्यहरु मध्ये यस बर्ष रक्तदान कार्यक्रम गरेको र अन्य कार्यहरुलाई पनि निरन्तरता दिने जानकारी गराए ।

चितवन अटोमोबाइल्स एसोसिएसनका द्वितीय उपाध्यक्ष कुल बहादुर क्षेत्रीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम चितवन अटोमोबाइल्स एसोसिएसनका सचिव राजेन्द्र भट्टराईले संचालन गरेका थिए ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...