आज देशभरका यी राजमार्ग छन् अवरुद्ध

काठमाडाैं । वर्षा र पहिरोका कारण नेपालका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् ।

ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार संखुवासभाकाे भोटखोला गाउँपालिका-४ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।

यसैगरी रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका-२ मा नेपाल-चीन जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशमा बागलुङकाे बागलुङ नगरपालिका-१० डबल्याजमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा छ । यस्तै गलकोट नगरपालिका-११ काउसेस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी रुपमा खुलेको छ ।

गुल्मीकाे कालीगण्डकी गाउँपालिका-९ मसारेमा कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ भने कालीगण्डकी गाउँपालिका-४ बलबाकाे करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

रोल्पाकाे परिवर्तन गाउँपालिका-३ भ्रामरमा शहीद राजमार्ग पहिरोका कारण एकतर्फी रुपमा सञ्चालनमा छ । प्युठानकाे प्युठान नगरपालिका-१० हादगैरास्थित बाम्दुला मध्यिक सडक खण्ड पहिरोका कारण एकतर्फी रुपमा मात्रै खुलेको छ ।

यसैगरी रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिका-६ रिजिंगारमा जाजरकोट-डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण पूर्ण रुपमा अवरुद्ध छ । यता डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका-९ छछातमा पनि भेरी करिडोर बाढीका कारण पूर्ण रुपमा अवरुद्ध छ ।

सम्बन्धित समाचारहरू

दाउन्ने सडक: एक वर्षमा ६३ पटक बन्द

दाउन्ने सडक: एक वर्षमा ६३ पटक बन्द

नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक...

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक...

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ सम्म बन्द

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ सम्म बन्द

सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...