दाउन्ने सडक: एक वर्षमा ६३ पटक बन्द
नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक...
काठमाडाैं । वर्षा र पहिरोका कारण नेपालका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् ।
ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार संखुवासभाकाे भोटखोला गाउँपालिका-४ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।
यसैगरी रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका-२ मा नेपाल-चीन जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशमा बागलुङकाे बागलुङ नगरपालिका-१० डबल्याजमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा छ । यस्तै गलकोट नगरपालिका-११ काउसेस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी रुपमा खुलेको छ ।
गुल्मीकाे कालीगण्डकी गाउँपालिका-९ मसारेमा कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ भने कालीगण्डकी गाउँपालिका-४ बलबाकाे करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
रोल्पाकाे परिवर्तन गाउँपालिका-३ भ्रामरमा शहीद राजमार्ग पहिरोका कारण एकतर्फी रुपमा सञ्चालनमा छ । प्युठानकाे प्युठान नगरपालिका-१० हादगैरास्थित बाम्दुला मध्यिक सडक खण्ड पहिरोका कारण एकतर्फी रुपमा मात्रै खुलेको छ ।
यसैगरी रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिका-६ रिजिंगारमा जाजरकोट-डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण पूर्ण रुपमा अवरुद्ध छ । यता डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका-९ छछातमा पनि भेरी करिडोर बाढीका कारण पूर्ण रुपमा अवरुद्ध छ ।
नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक...
सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक...
सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...