आज देशका कुन-कुन राजमार्ग अवरुद्ध छन् ?

काठमाडौं । मोन्था चक्रवातको आंशिक प्रभावले मंगलबारदेखिको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गसहित ठाउँ–ठाउँका सडक अवरुद्ध भएका छन् ।

अन्य जिल्लाबाट काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

यसअघि दशैंमा पनि तुइन खोलामा आएको पहिरोले कैयौंदिन यात्रुहरुलाई अलपत्र पारेको थियो । अहिले माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको हो । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

यस्तै, बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पहिरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । मंगलटार प्रहरी चौकीका अनुसार राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले हिजो साँझदेखि नै सवारी साधन रोकेको हो ।

प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पहिरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पहिरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।

यसैबीच धनकुटा र पाँचथरको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान-धनकुटा-मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर सडकखण्ड अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। सो क्षेत्रमा खोलाले सडक बगाउँदा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ। गत असोज १७ र १८ गतेको झरीका कारण पहिरो गएपछि खोलिएको नयाँ ट्र्याक भासिने र दबिने क्रम बढिरहेको छ भने वैकल्पिक रूपमा खोलिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो जाँदा राजमार्ग फेरि बन्द भएको हो।

साथै सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका -६ र ७ को सिमानामा अविरल वर्षाले पूर्ण रूपमा अवरोध भएको छ । यता पासाङल्हामु सडक खण्डमा रसुवाको बालुवाखानि, घट्टेखोला र फ्याङ्लुङमा पहिरोका कारण पूर्ण रूपमा अवरोध भएको छ ।

यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिका -६ अकरेभिरमा पहिरोले पूर्ण रूपमा मध्य पहाडी लोकमार्गमा अवरोध गरेको छ । जोमसोम-कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -३ छुसाङ र ताङवे बिचको कालाभिरमा पहिरोले पूर्ण रूपमा अवरोध भएको छ भने बेनी–दरवाङ सडक खण्डमा बेनीको घुमाउने भिरमा पहिरोले पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

यता अर्घाखाँचीको सन्धिखर्क-गोरुसिंगे सडक खण्डअन्तर्गत माथिल्लो रिब्दिमा पहिरो गएपछि एकतर्फी सडक सुचारु भएको छ।

प्रहरीका अनुसार अवरोध हटाउन प्रयास भइरहेको छ तर लगातारको वर्षाले काम अघि बढाउन कठिनाइ भएको छ । यात्रुहरूलाई सुरक्षित रहन र आवश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचारहरू

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं–नगरकोट जाने बाटोमा बाइक राइडर युवामाथि कुटपिट गर्ने व्यक्ति...

अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे – अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो...

६ लेन विस्तारका कारण सूर्यविनायक-साँगा यात्रा जोखिमपूर्ण

६ लेन विस्तारका कारण सूर्यविनायक-साँगा यात्रा जोखिमपूर्ण

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...