पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र सुरु

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो।

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो।

उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ। निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीका अनुसार केही दिनमै कालोपत्र गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आइपुग्ने छ।

ठेक्का सम्झौता अगाडि नै कालोपत्र गरिसक्ने योजनाका साथ निर्माण तीव्र रुपमा अगाडि बढाइको छ । कार्यालयका सब इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ ।

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको हो । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भइसकेको छ ।

सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने समितिको अपेक्षा छ ।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारी साधन नजाने हुँदा तीर्थयात्रीलाई सकस हुने गरेको छ । कालोपत्र भए पाथीभरा क्षेत्रसम्म नै गाडी पुग्नसक्ने छ । कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।रासस

सम्बन्धित समाचारहरू

आजदेखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने, प्रारम्भ भयो सेवा

आजदेखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने, प्रारम्भ भयो सेवा

काठमाडौं – नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने सुविधा आज देखि...

सार्वजनिक सवारी सञ्चालनको लागी छलफल सुरु

सार्वजनिक सवारी सञ्चालनको लागी छलफल सुरु

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन...

आज एक दिनका लागि साझा यातायातको निःशुल्क बस

आज एक दिनका लागि साझा यातायातको निःशुल्क बस

काठमाडौं – ललितपुरको बुङ्गमतीमा आयोजना हुने बुङ्गमती महोत्सवको अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...