हेभी इक्विपमेन्ट व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिलाई बीकेटी टायरको सम्मान

काठमाडौं – नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिलाई बीकेटी टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सले सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच कार्यसमितिलाई सम्मानका साथै चियापान कार्यक्रमको आयोजना गरियो । डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर बिक्रम सिंघानिया र डाइरेक्टर विकास सिंघानियाले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा पदाधिकारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । केही दिन पहिले मात्र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका थिए । धुलिखेलमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले सर्वसम्मत रुपमा ५२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्त भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा फणिन्द्र भट्ट, सचिवद्वयमा महेश पौडेल र यादबलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन् । त्यसैगरी महाधिवेशनबाट प्रदेश संयोजकहरु पनि चयन भएका छन् । प्रदेश १ मा धर्म श्रेष्ठ, प्रदेश २ मा दुर्गानन्द शाह, बागमती प्रदेशमा उत्तमराज विष्ट, गण्डकी प्रदेशमा निश्चल पोखरेल, लुम्बिनी प्रदेशमा चक्रपाणि शर्मा र कर्णाली प्रदेशमा मदनबहादुर खड्का संयोजक चयन भएका छन् । सुदूर पश्चिम संयोजक पछि मनोनित हुने बताइएको छ । डेल्टा डिस्ट्रिब्युटर्सले हेभी इक्विपमेन्ट अर्थात निर्माण क्षेत्रमा प्रयोग हुने हेभी गाडीमा लाग्ने टायर बिक्री–वितरण गरिरहेको छ । बीकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । उच्च हर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जीपीएस कन्ट्रोल्ड भेइकल, आर्टिक्युलेटेड डम्प ट्रक, हाइ–स्पिड क्रेन, सफिस्टिकेटेड पोर्ट भेइकल र कन्टेनर ह्यान्डलर आदिमा यसका उत्पादन प्रयोग हुन्छन् । त्यसैले अलि फरक खाले हेभी गाडी एवं सिमेन्ट र यस्तै प्रकारका अन्य कम्पनीहरुका लागि यी टायर उपयोगी छन् ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...