बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
विश्वभरका अर्बपतिहरुको पहिलो रोजाई मानिने इटालियन सुपर कार पगानी हुएरा अब म्यानुअल गियर बक्समा लन्च हुने भएको छ ।
सुपर कारको उत्पादनमा इटालियन ब्रान्ड निकै कहलिएका नाम हुन् । यहाँ उत्पादन हुने पगानी, मसेराटी र वुगाटी जस्ता धेरै सुपर कार ब्रान्डले विश्वका धनाढ्यहरु माझ आफ्नो छुट्टै पहिचान बनाएको छ । त्यसमध्ये पगानीको हुएरा कार पनि निकै लोकप्रिय छ ।
पगानी सुपर महँगो कारका लागि परिचित छ । जसले ग्राहकको रुची अनुसार आफ्ना प्रत्येक कारमा परिमार्जन समेत गरिदिन्छ । ग्राहकले यो कार किन्नु अघि आफ्नो इच्छा अनुसार परिवर्तन पनि गर्न सक्छन् । कम्पनीले ग्राहकको माग अनुसार कारको डिजाइन, लुक्स र इन्जिन पर्फमेन्सलाई पनि ट्युन गर्दै आएको छ । यो कार ब्रान्डको यो विशेष कुराले यसलाई अरूभन्दा फरक बनाएको छ ।
अब कम्पनीले यो कारलाई म्यानुअल गियर बक्समा ल्याउने तयारी गरेको छ । अटोमेटिक कारमा, गियर स्वतः परिवर्तन हुने हुँदा ड्राइभिङ अनुभव खासै फिल गर्न पाँइदैन । तर, म्यानुअल कारमा चालकले आँफै गियर परिवर्तन गर्नुपने हुँदा उसलाई कारसँग जोडिएको महसुस हुन्छ ।
ग्राहकको यही भावनालाई बुझेर कम्पनीले म्यानुअल गियर बक्समा यो सुपर कार ल्याउन लागेको हो ।
पगानी हुएराको अकितम पावर ८५२ एचपी र टर्क ८११ एनएम छ । कारमा ७ स्पीड गियरबक्स छ, जसको मूल्य ३० लाख डलरमाथी पर्छ । यो कारलाई नेपाल ल्याउने हो भने मूल्य २ अर्ब हाराहारी पर्न जान्छ । यसको टप स्पिड ३५० किलोमिटर प्रतिघण्टा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...