लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
भारतको पश्चिम बंगालमा बस्ने करीमुल हकले आफ्नो बाइकलाई एम्बुलेन्समा परिणत गरेका छन् । उनले २० गाउँलाई आफ्नो बाइकबाट अस्पताल पु¥याउने गरेका छन् । उनी पश्चिम बंगालको जलपाइगुडीमा बस्छन् ।
५० वर्षीय करीमुललाई गाउँलेले बाइक वाले एम्बलेन्स दादा भनेर सम्बोधन गर्छन् । उनको आफ्नो छुट्टै चिया पसल रहेको छ ।
करीमुलकी आमालाई सही समयमा अस्पताल पु¥याउन नसकेको कारणले निधन भएको थियो । जसको कारणले गर्दा उनले अरुले पनि यस्तो परिस्थिति भोग्नु नपरोस् भनेर सो कार्य गरेका हुन् । धालाबाडी र उनको वरिपरी रहेको २० गाउँको एकमात्र जीवनरक्षा गर्ने साधन करीमुलको बाइक एम्बुलेन्स भएको छ ।
उनको गाउँमा कुनै अस्पताल छैन । अस्पतालको लागि गाउँका बिरामीलाई ४५ किलोमिटर टाढा जलपाईगुडीमा जानुपर्छ । निस्वार्थ भावनाले गरिएको कामका कारण उनलाई भारतीय सरकारले पद्यश्री अवार्ड दिइसकेको छ ।
करीमुलका अनुसार केही वर्ष अगाडि उनको आमालाई समयमै अस्पताल पु¥याउन नसकेको कारणले गर्दा उनको आमाको निधन भएको थियो । उनको गाउँमा एम्बुलेन्स थिएन । जसको कारण करीमुल डिप्रेशनमा गएका थिए । सोही समयदेखि उनले गाउँमा कोही पनि बिरामी एम्बुलेन्सको अभावले मृत्यु नहोस् भनेर उनले सो काम गरेका थिए ।
एक दिन उनको चिया पसलमा केही मानिसहरु चिया खाइरहेका थिए । अचानक तिनीहरु मध्ये एक जना चिच्याउन थाल्यो । परिस्थिति बुझेर हेर्दा उनलाई सर्पले टोकेको थियो । समयमै उनले बुद्धि पु¥याएर सर्पलाई एउटा बट्टामा राखी बिरामीलाई अस्पताल पु¥याएका थिए । ताकि सर्पलाई हेरी बिरामीलाई उपचार गर्न सजिलो होस् ।
तर त्यहाँ अस्पतालमा जानको लागि कुनै साधन थिएन । उनले तुरुन्तै घाइतेलाई आफ्नो पछाडिा राखेर आफ्नो बाइकबाट अस्पताल पु¥याएका थिए । जलपाईगुडी शहरको व्यस्त सडकमा बाइक जाममा फसेको थियो । त्यो जाममा अर्काे एम्बुलेन्स पनि फसेको थियो । सो एम्बुलेन्समा सर्पले टोकेको अन्य बिरामी थियो । अस्पतालमा पुगेर सर्वप्रथम उनले त्यो सर्प डाक्टरलाई देखाए र सर्पलाई पहिचान गरी बिरामीको उपचार गरेका थिए ।
उनी त्यो गाउँको पहिलो बिरामी थिए जसलाई सर्पले टोकेर पनि जीवित भएका थिए । उनका अनुसार एम्बुलेन्स भन्दा पनि बाइक निकै सजिलो हुन्छ । किनकि एम्बुलेन्स सडकको जाममा फस्न सक्छ तर बाइक सजिलै जामबाट निस्कन सक्छ ।
त्यसपछि उनले गाउँका बिरामीलाई बाइकबाटै अस्पताल पु¥याउने काम गर्न थाले । पहिला त गाउँलेले उनको मजाक उडाउन थाले । तर उनले आफ्नो काम छाडेनन् । विस्तारै गाउँका बिरामीले अस्पताल जानको लागि करीमुललाई नै बोलाउन थाले । आज करीमुलसँग प्रेरित भएर अन्य गाउँलेले बाइक एम्बुलेन्स सुरु गर्न थालेका छन् । डाक्टरका अनुसार करीमुलले ३ हजार भन्दा बढी मानिसको ज्यान बचाएका छन् ।
बजाज कम्पनीले करीमुलसँग प्रेरित भएर उनको जीवनको डक्युमेन्ट्री पनि बनाएको छ । जसमा उनको जीवनको बारेमा देखाउने कोशिस गरिएको छ । कम्पनीले उनको लागि एक मोडिफाई बाइक पनि उपलब्ध गराएको छ । जसमा एम्बुलेन्स जस्तो सानो स्ट्रेचर पनि समावेश गरिएको छ । एक संस्थाले उनलाई एम्बुलेन्स पनि उपहार दिएको थियो । तर उनलाई बाइकमै सजिलो लाग्ने जानकारी दिएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...