बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतको पश्चिम बंगालमा बस्ने करीमुल हकले आफ्नो बाइकलाई एम्बुलेन्समा परिणत गरेका छन् । उनले २० गाउँलाई आफ्नो बाइकबाट अस्पताल पु¥याउने गरेका छन् । उनी पश्चिम बंगालको जलपाइगुडीमा बस्छन् ।
५० वर्षीय करीमुललाई गाउँलेले बाइक वाले एम्बलेन्स दादा भनेर सम्बोधन गर्छन् । उनको आफ्नो छुट्टै चिया पसल रहेको छ ।
करीमुलकी आमालाई सही समयमा अस्पताल पु¥याउन नसकेको कारणले निधन भएको थियो । जसको कारणले गर्दा उनले अरुले पनि यस्तो परिस्थिति भोग्नु नपरोस् भनेर सो कार्य गरेका हुन् । धालाबाडी र उनको वरिपरी रहेको २० गाउँको एकमात्र जीवनरक्षा गर्ने साधन करीमुलको बाइक एम्बुलेन्स भएको छ ।
उनको गाउँमा कुनै अस्पताल छैन । अस्पतालको लागि गाउँका बिरामीलाई ४५ किलोमिटर टाढा जलपाईगुडीमा जानुपर्छ । निस्वार्थ भावनाले गरिएको कामका कारण उनलाई भारतीय सरकारले पद्यश्री अवार्ड दिइसकेको छ ।
करीमुलका अनुसार केही वर्ष अगाडि उनको आमालाई समयमै अस्पताल पु¥याउन नसकेको कारणले गर्दा उनको आमाको निधन भएको थियो । उनको गाउँमा एम्बुलेन्स थिएन । जसको कारण करीमुल डिप्रेशनमा गएका थिए । सोही समयदेखि उनले गाउँमा कोही पनि बिरामी एम्बुलेन्सको अभावले मृत्यु नहोस् भनेर उनले सो काम गरेका थिए ।
एक दिन उनको चिया पसलमा केही मानिसहरु चिया खाइरहेका थिए । अचानक तिनीहरु मध्ये एक जना चिच्याउन थाल्यो । परिस्थिति बुझेर हेर्दा उनलाई सर्पले टोकेको थियो । समयमै उनले बुद्धि पु¥याएर सर्पलाई एउटा बट्टामा राखी बिरामीलाई अस्पताल पु¥याएका थिए । ताकि सर्पलाई हेरी बिरामीलाई उपचार गर्न सजिलो होस् ।
तर त्यहाँ अस्पतालमा जानको लागि कुनै साधन थिएन । उनले तुरुन्तै घाइतेलाई आफ्नो पछाडिा राखेर आफ्नो बाइकबाट अस्पताल पु¥याएका थिए । जलपाईगुडी शहरको व्यस्त सडकमा बाइक जाममा फसेको थियो । त्यो जाममा अर्काे एम्बुलेन्स पनि फसेको थियो । सो एम्बुलेन्समा सर्पले टोकेको अन्य बिरामी थियो । अस्पतालमा पुगेर सर्वप्रथम उनले त्यो सर्प डाक्टरलाई देखाए र सर्पलाई पहिचान गरी बिरामीको उपचार गरेका थिए ।
उनी त्यो गाउँको पहिलो बिरामी थिए जसलाई सर्पले टोकेर पनि जीवित भएका थिए । उनका अनुसार एम्बुलेन्स भन्दा पनि बाइक निकै सजिलो हुन्छ । किनकि एम्बुलेन्स सडकको जाममा फस्न सक्छ तर बाइक सजिलै जामबाट निस्कन सक्छ ।
त्यसपछि उनले गाउँका बिरामीलाई बाइकबाटै अस्पताल पु¥याउने काम गर्न थाले । पहिला त गाउँलेले उनको मजाक उडाउन थाले । तर उनले आफ्नो काम छाडेनन् । विस्तारै गाउँका बिरामीले अस्पताल जानको लागि करीमुललाई नै बोलाउन थाले । आज करीमुलसँग प्रेरित भएर अन्य गाउँलेले बाइक एम्बुलेन्स सुरु गर्न थालेका छन् । डाक्टरका अनुसार करीमुलले ३ हजार भन्दा बढी मानिसको ज्यान बचाएका छन् ।
बजाज कम्पनीले करीमुलसँग प्रेरित भएर उनको जीवनको डक्युमेन्ट्री पनि बनाएको छ । जसमा उनको जीवनको बारेमा देखाउने कोशिस गरिएको छ । कम्पनीले उनको लागि एक मोडिफाई बाइक पनि उपलब्ध गराएको छ । जसमा एम्बुलेन्स जस्तो सानो स्ट्रेचर पनि समावेश गरिएको छ । एक संस्थाले उनलाई एम्बुलेन्स पनि उपहार दिएको थियो । तर उनलाई बाइकमै सजिलो लाग्ने जानकारी दिएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...