अटोमेकानिक्स महासंघको टोलीद्वारा चीन भ्रमण सम्पन्न, चिनियाँ सवारी र पार्ट्स लगायतको जानकारी हासिल
काठमाडौं नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको प्रतिनिधिमण्डलले...
काठमाडौं – ललितपुरमा अवस्थित बाइक मेकानिक्सहरुको संगठन नेपाल अटो मेकानिक्स व्यवसायी संघको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको लेलेस्थित लेले भ्यु रिसोर्टमा शनिबार सम्पन्न बनभोज कार्यक्रममा मेकानिक्सका साथै अन्य अतिथिहरुको सहभागिता रहेको थियो । सो अवसरमा होन्डाको एकान्तकुनास्थित डिलर तिरुमाला मोटर्स, टीभीएसको महालक्ष्मीस्थानस्थित डिलर युनिराइड अटो, बजाजको कुमारीपाटीस्थित डिलर एम एन्ड एम अटो सप आदिका प्रतिनिधिका साथै क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न र अन्य विभिन्न क्षेत्रका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा ललितपुरमा अवस्थित अटो पार्ट्स बिक्रेताहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा करिव १९० जनाको सहभागिता भएको आयोजकको भनाइ छ ।
बनभोज कार्यक्रममा सहभागीबीचमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
ललितपुर जिल्लामा बाइक मर्मत कार्यमा संलग्न अटो मेकानिक्सहरुको यो संस्थाले समय समयमा विभिन्न मनोरञ्जनात्मक र जानकारीमूलक कार्यक्रम गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...