नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत
रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...
बजारमा अहिले साना एसयूभीको माग उच्च छ । क्रसओभर समेत भनिने यस्ता एसयूभीको मूल्य ठूला एसयूभीको तुलनामा कम पर्ने हुँदा पनि माग उच्च भएको हो ।
यस्ता एसयूभी खरिद गर्नुअघि ग्राहकले पावर तथा पर्फमेन्स र फिचर्सलाई बढी जोड दिँदै आइरहेका छन् । तर पछिल्लो समय ग्राहकले यस्ता गाडीको बुट स्पेसमा समेत चासो ब्यक्त गर्न थालेका छन् । बढी बुट स्पेस भएको गाडी खरिद गर्दा लगेज राख्न सहज हुने कारण बुट स्पेसको क्षमतामा ध्यान दिन थालिएको हो ।
नेपाली बजारमा कारोबार हुने साना एसयूभीमध्ये सर्बाधिक बढी बुट स्पेस भएका ५ एसयूभीमा रेनो काइगर, फोर्ड इकोस्पोर्ट, होन्डा डब्लुआरभी, हुन्डाई भेन्यु र किया सोनेट पर्छन् । जसमध्ये सर्बाधिक बुट स्पेस रेनो काइगरमा दिइएको छ । यो एसयूभीमा ४०५ लिटरको बुट स्पेस उपलब्ध गराइएको छ । केही दिनअघिमात्र सार्बजनिक गरिएको यो एसयूभीको मूल्य नेपाली बजारमा २८ लाख ४९ हजारदेखि ३८ लाख १ हजार रुपैयाँसम्म पर्छ ।
रेनो काइगरपछि दोस्रो बढी बुट स्पेस भएको एसयुभी हो किया सोनेट । यो एसयूभीमा ३९३ लिटर क्षमताको बुट स्पेस उपलब्ध गराइएको छ । यो सेग्मेन्टमा चर्चित मानिएको सोनेटको मूल्य ३५ लाख ९० हजारदेखि ५७ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।
त्यसैगरी होन्डा डब्लुआरभीमा ३६३ लिटर, फोर्ड इकोस्पोर्टमा ३५३ लिटर र हुन्डाई भेन्यूमा ३५० लिटर क्षमताको बुट स्पेस दिइएको छ । जसमध्ये होन्डा डब्लुआरभीको मूल्य ४७ लाख ३० हजारदेखि ५९ लाख १० हजार रुपैयाँसम्म पर्छ । फोर्ड इकोस्पोटको मूल्य नेपाली बजारमा ३६ लाख ९० हजारदेखि ५५ लाख ९९ हजार रुपैयाँसम्म पर्छ । हुन्डाई भेन्युको मूल्य ३६ लाख ९६ हजारदेखि ५० लाख ५६ हजार रुपैयासम्म पर्छ ।
माथि उल्लिखित एसयूभीमध्ये रेनो काइगर १ हजार सीसी, किया सोनेट पेट्रोल इन्जिनमा १२ सय र डिजेलमा १५ सीसी, होन्डा डब्लुआरभी पेट्रोल इन्जिनमा १२ सय तथा डिजेल इन्जिनमा १५ सय सीसी, फोर्ड इकोस्पोर्ट १५ सय सीसी र हुन्डाई भेन्यु भने १ हजार, १२ सय र १५ सय सीसी क्षमतामा उपलब्ध छ । भेन्युको पेट्रोल इन्जिन १२ सय सीसी, टर्बो भेरिएन्ट १ हजार सीसी र डिजेल इन्जिन १५ सय सीसी क्षमतमा उपलब्ध रहँदै आएको छ ।
रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...
फ्रेन्च अटो निर्माता रेनोले नयाँ फ्ल्यागसिप एसयूभी राफेल सार्वजनिक गरेको...
रेनोले आफ्नो नयाँ ७ सिटर एसयूभी बाेरियल लन्च गरेको छ । विश्व बजारका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...