स्कोर्पियो एन बनेर आउँदै छ अब महिन्द्रा स्कर्पियो, बिग ड्याडी अफ एसयूभी बन्ने

महिन्द्रा एण्ड महिन्द्राले सबैभन्दा लोकप्रिय एसयूभी स्कर्पियोको नेक्स्ट जेनेरेसन मोडल लन्च गर्न लागेको छ । नयाँ स्कर्पियो भारतीय बजारमा जुन २७ मा लन्च गरिने छ । नयाँ स्कर्पियो लन्चिङ पछि पनि स्कर्पियो भने स्कोर्पियो क्लासिकको रुपमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

महिन्द्रा स्कर्पियोले आफ्नो सामाजिक सञ्जालमा नयाँ स्कर्पियोको लन्च मिति घोषणा गरेको छ । नयाँ गाडीको टिजर रिलिज गर्दै कम्पनीले लेखेको छ– नाम काफी छ । कम्पनीले नयाँ स्कर्पियोलाई ‘बिग ड्याडी अफ एसयूभी’ भनेको छ ।

नयाँ स्कर्पियो एनको मूल्य १० लाख भारु हुने अनुमान गरिएको छ । सो एसयूभीले हुन्डाई क्रेटा, स्कोडा कुशाक, एमजी एस्टर, निसान किक्स, किया सेल्टोस र फक्सवागन टाइगुन जस्ता कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ स्कर्पियो एनको तस्बिर सामाजिक सञ्जालमा लिक भएको छ । तस्बिरका अनुसार नयाँ एसयूभी मस्कुलर सिक्स–स्लेट क्रोम एम्बेल्स्ड ग्रिल र नयाँ ’ट्विन पिक्स’ लोगोको साथ लन्च हुनेछ । यसमा सी आकारको एलईडी डीआरएल, एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प दिइएको छ ।

सम्बन्धित समाचारहरू

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

महिन्द्राले अल न्यु एक्स्यूभी ७०० भोलि अर्थात अगस्त १४ मा लन्च गर्ने घोषणा...

महिन्द्राको ठूलो सफलताः लामो समय पश्चात अन्ततः पायो बिक्री अनुमति

महिन्द्राको ठूलो सफलताः लामो समय पश्चात अन्ततः पायो बिक्री अनुमति

महिन्द्राले दोस्रो विश्वयुद्धमा बनेको विलिस जिपसँग मिल्दोजुल्दो एसयूभी...

१ लाख युनिटको आँकडा पार ग-यो महिन्द्रा थारले

१ लाख युनिटको आँकडा पार ग-यो महिन्द्रा थारले

महिन्द्रा थार लन्च भएदेखि यसको बिक्री तीव्र गतिमा बढेको छ । कम्पनीले पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...