नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालमा इलेक्ट्रिक स्कुटर आयात हुन थालेको लगभग २ दशक समय बितिसकेको छ । चीनमा यस्ता साधनको प्रयोग बढ्न थालेपछि नेपाली व्यवसायीले समेत पहिलो पटक चीनबाट इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएका थिए । पछि थुप्रै ब्रान्ड नेममा यस्ता स्कुटर नेपाल भित्रिएपनि यसले खासै बजार भने लिन सकेन । तत्कालीन समयमा यस्ता स्कुटरलाई उपभोक्ताले वातावरणमैत्री साधनका रुपमा लिने गरेका थिए । प्रायः यस्ता स्कुटरमा लिड एसिड ब्याट्री प्रयोग हुने कारण अहिलेजस्तो उच्च माइलेज र पर्फमेन्स समेत पाउन सकिने अवस्था थिएन ।

तर अहिले इलेक्ट्रिक स्कुटर निकै पावरफुल, स्टाइलिस र उच्च माइलेज रेन्ज सहित उपलब्ध हुन थालेका छन् । विश्व बजारमै इलेक्ट्रिक साधनको प्रयोग बढ्दै गएको र प्रतिष्ठित मानिने अटो उत्पादक कम्पनीले समेत उत्पादन गर्न थालेका कारण पछिल्लो समय नेपाली बजारमा समेत इलेक्ट्रिक स्कुटरमा उपभोक्ताको रुचि बढ्न थालेको देखिन्छ । सोही कुरालाई मध्यनजर गर्दै ठूला र स्थापित मानिएका व्यावसायिक घरानाहरुले समेत अहिले यस्ता स्कुटर आयात गर्न थालेका छन् । बजारमा अहिले भारत र चीनबाट गरी कुल २ दर्जन बढी ब्रान्डका यस्ता स्कुटर आयात भैरहेका छन् ।

हुन्डाई र बीएमडब्ल्यु गाडी सहित अन्य अटो उत्पादनको समेत आधिकारिक वितरक रहँदै आएको लक्ष्मी ग्रुपले केही दिन पहिले टेकुमा शोरुम स्थापना गरेर हिरो इलेक्ट्रिक स्कुटरको औपचारिक बिक्री शुरुवात ग¥यो । उक्त ग्रुपले भारतको चर्चित इलेक्ट्रिक स्कुटर आयात गरेर कारोबार थालेसँगै अहिले बजारमा यस्ता स्कुटरमा ठूला कर्पोरेट हाउसको चासो बढ्न थालेको भनेर चर्चा शुरु भएको छ । साथै यसले अन्य ठूला कर्पोरेट हाउसलाई समेत इलेक्ट्रिक टु ह्विलरमा प्रवेश गर्न बाटो खुल्ला गरिदिएको रुपमा हेर्न थालिएको छ ।

क–कसले भित्र्याउछन इलेक्ट्रिक टु ह्विलर
इलेक्ट्रिक टु ह्विलर आयात गर्ने कम्पनीमा लक्ष्मी ग्रुप सबैभन्दा ठूलो कर्पोरेट हाउस बनेको छ । यसैगरी यसअघि विभिन्न ब्रान्डका टु हिवलर र फोर ह्विलर आयात गरी कारोबार गर्दै आएको भाजुरत्न ग्रुपले सुपरसोको ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल आयात गरिरहेको छ । यो ग्रुपले हाल स्यानी ब्रान्डको हेभी इक्विपमेन्ट समेत आयात गरिरहेको छ ।

उपत्यकामा होन्डा मोटरसाइकलको तीनवटा शोरुम सञ्चालन गर्दै आइरहेको बज्र ग्रुपले लेभनिङ ब्रान्डको स्कुटर आयात गरिरहेको छ । रियल स्टेट व्यवसायमा समेत संलग्न यो ग्रुपले नेपालमा निर्माण कार्यमा प्रयोग हुने विभिन्न उत्पादनको समेत आयात गरी कारोबार गर्दै आएको छ ।

त्यसैगरी डिएफएसके गाडीको आधिकारिक बितरक कुजु नेपालले याडिया ब्रान्डको स्कुटर आयात गरिरहेको छ भने हार्डवेयर उत्पादनको कारोबारमा प्रख्यात मानिने बिक्की हार्डवेयले ओकिनावा स्कुटर आयात गरिरहेको छ । यसको अलावा देशकै ठूलो र चर्चित कन्स्ट्रक्सन कम्पनी कालिका ग्रुप अन्तर्गतको कम्पनीले स्वदेशमै यात्री ब्रान्डमा मोटरसाइकल उत्पादन गरिरहेको छ ।

नेपालमा यस्ता टु ह्विलर भित्र्याउने अन्य थुप्रै व्यवसायी रहेपनि यहाँ हामीले केही ठूला कपोरेट हाउसका बारेमा मात्र चर्चा गरेका र्हौ ।

अब पालो बजाज चेतक र टीभीएस आईक्युब लगायत अन्यको
भारतीय बजारमा बजाजले चेतक र टीभीएसले आईक्युबको नाममा इलेक्ट्रिक स्कुटर उत्पादन गरी बिक्री थालेपनि ती ब्रान्ड हालसम्म नेपाल भित्रिन सकिरहेका छैनन् । नेपालमा इलेक्ट्रिक टु ह्विलरको बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण यहाँस्थित आधिकारिक वितरकले यी ब्रान्डलाई नेपाल ल्याउन इच्छा नदेखाएका हुन् भन्दा फरक नपर्ला । तर अहिले समय इलेक्ट्रिक टु ह्विलर अनुकूल बन्दै गएका कारण बजाज चेतक र टीभीएस आईक्युब समेत अबको केही समयपछि नेपाल भित्रिन सक्ने अनुमान लगाउन सकिन्छ ।

यी ब्रान्ड नेपाल आउँदा बजाज मोटरसाइकलको आधिकारिक बितरक गोल्छा ग्रुप र टीभीएस मोटर्सको आधिकारिक बितरक जगदम्बा ग्रुप मातहत आउने लगभग पक्काकक्की जस्तै देखिन्छ । यी दुई ब्रान्ड नेपाल भित्रिए नेपालमा इलेक्ट्रिक टु ह्विलरमा नयाँ आयाम थप हुने र अहिले तातिरहेको बजारलाई थप गति दिने व्यावसायिक वृत्तमा बहस समेत हुने गरेको छ ।

बजाज चेतक र टीभीएस आईक्युब बाहेक भारतमा अहिले ओला, सिम्पल वान, रिभोल्ट र एथर लगायत ब्रान्डले समेत चर्चा बटुलिरहेका छन् । यी ब्रान्ड समेत ढिलोचाँडो नेपाल भित्रिने नै छन् ।

सम्बन्धित समाचारहरू

नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘एक्सिडेन्ट अलर्ट भेइकल’ ले जित्यो दोश्रो पुरस्कार

नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘एक्सिडेन्ट अलर्ट भेइकल’ ले जित्यो दोश्रो पुरस्कार

काठमाडौ – १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै...

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ...

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...