विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...
नेपालमा इलेक्ट्रिक स्कुटर आयात हुन थालेको लगभग २ दशक समय बितिसकेको छ । चीनमा यस्ता साधनको प्रयोग बढ्न थालेपछि नेपाली व्यवसायीले समेत पहिलो पटक चीनबाट इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएका थिए । पछि थुप्रै ब्रान्ड नेममा यस्ता स्कुटर नेपाल भित्रिएपनि यसले खासै बजार भने लिन सकेन । तत्कालीन समयमा यस्ता स्कुटरलाई उपभोक्ताले वातावरणमैत्री साधनका रुपमा लिने गरेका थिए । प्रायः यस्ता स्कुटरमा लिड एसिड ब्याट्री प्रयोग हुने कारण अहिलेजस्तो उच्च माइलेज र पर्फमेन्स समेत पाउन सकिने अवस्था थिएन ।
तर अहिले इलेक्ट्रिक स्कुटर निकै पावरफुल, स्टाइलिस र उच्च माइलेज रेन्ज सहित उपलब्ध हुन थालेका छन् । विश्व बजारमै इलेक्ट्रिक साधनको प्रयोग बढ्दै गएको र प्रतिष्ठित मानिने अटो उत्पादक कम्पनीले समेत उत्पादन गर्न थालेका कारण पछिल्लो समय नेपाली बजारमा समेत इलेक्ट्रिक स्कुटरमा उपभोक्ताको रुचि बढ्न थालेको देखिन्छ । सोही कुरालाई मध्यनजर गर्दै ठूला र स्थापित मानिएका व्यावसायिक घरानाहरुले समेत अहिले यस्ता स्कुटर आयात गर्न थालेका छन् । बजारमा अहिले भारत र चीनबाट गरी कुल २ दर्जन बढी ब्रान्डका यस्ता स्कुटर आयात भैरहेका छन् ।
हुन्डाई र बीएमडब्ल्यु गाडी सहित अन्य अटो उत्पादनको समेत आधिकारिक वितरक रहँदै आएको लक्ष्मी ग्रुपले केही दिन पहिले टेकुमा शोरुम स्थापना गरेर हिरो इलेक्ट्रिक स्कुटरको औपचारिक बिक्री शुरुवात ग¥यो । उक्त ग्रुपले भारतको चर्चित इलेक्ट्रिक स्कुटर आयात गरेर कारोबार थालेसँगै अहिले बजारमा यस्ता स्कुटरमा ठूला कर्पोरेट हाउसको चासो बढ्न थालेको भनेर चर्चा शुरु भएको छ । साथै यसले अन्य ठूला कर्पोरेट हाउसलाई समेत इलेक्ट्रिक टु ह्विलरमा प्रवेश गर्न बाटो खुल्ला गरिदिएको रुपमा हेर्न थालिएको छ ।
क–कसले भित्र्याउछन इलेक्ट्रिक टु ह्विलर
इलेक्ट्रिक टु ह्विलर आयात गर्ने कम्पनीमा लक्ष्मी ग्रुप सबैभन्दा ठूलो कर्पोरेट हाउस बनेको छ । यसैगरी यसअघि विभिन्न ब्रान्डका टु हिवलर र फोर ह्विलर आयात गरी कारोबार गर्दै आएको भाजुरत्न ग्रुपले सुपरसोको ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल आयात गरिरहेको छ । यो ग्रुपले हाल स्यानी ब्रान्डको हेभी इक्विपमेन्ट समेत आयात गरिरहेको छ ।
उपत्यकामा होन्डा मोटरसाइकलको तीनवटा शोरुम सञ्चालन गर्दै आइरहेको बज्र ग्रुपले लेभनिङ ब्रान्डको स्कुटर आयात गरिरहेको छ । रियल स्टेट व्यवसायमा समेत संलग्न यो ग्रुपले नेपालमा निर्माण कार्यमा प्रयोग हुने विभिन्न उत्पादनको समेत आयात गरी कारोबार गर्दै आएको छ ।
त्यसैगरी डिएफएसके गाडीको आधिकारिक बितरक कुजु नेपालले याडिया ब्रान्डको स्कुटर आयात गरिरहेको छ भने हार्डवेयर उत्पादनको कारोबारमा प्रख्यात मानिने बिक्की हार्डवेयले ओकिनावा स्कुटर आयात गरिरहेको छ । यसको अलावा देशकै ठूलो र चर्चित कन्स्ट्रक्सन कम्पनी कालिका ग्रुप अन्तर्गतको कम्पनीले स्वदेशमै यात्री ब्रान्डमा मोटरसाइकल उत्पादन गरिरहेको छ ।
नेपालमा यस्ता टु ह्विलर भित्र्याउने अन्य थुप्रै व्यवसायी रहेपनि यहाँ हामीले केही ठूला कपोरेट हाउसका बारेमा मात्र चर्चा गरेका र्हौ ।
अब पालो बजाज चेतक र टीभीएस आईक्युब लगायत अन्यको
भारतीय बजारमा बजाजले चेतक र टीभीएसले आईक्युबको नाममा इलेक्ट्रिक स्कुटर उत्पादन गरी बिक्री थालेपनि ती ब्रान्ड हालसम्म नेपाल भित्रिन सकिरहेका छैनन् । नेपालमा इलेक्ट्रिक टु ह्विलरको बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण यहाँस्थित आधिकारिक वितरकले यी ब्रान्डलाई नेपाल ल्याउन इच्छा नदेखाएका हुन् भन्दा फरक नपर्ला । तर अहिले समय इलेक्ट्रिक टु ह्विलर अनुकूल बन्दै गएका कारण बजाज चेतक र टीभीएस आईक्युब समेत अबको केही समयपछि नेपाल भित्रिन सक्ने अनुमान लगाउन सकिन्छ ।
यी ब्रान्ड नेपाल आउँदा बजाज मोटरसाइकलको आधिकारिक बितरक गोल्छा ग्रुप र टीभीएस मोटर्सको आधिकारिक बितरक जगदम्बा ग्रुप मातहत आउने लगभग पक्काकक्की जस्तै देखिन्छ । यी दुई ब्रान्ड नेपाल भित्रिए नेपालमा इलेक्ट्रिक टु ह्विलरमा नयाँ आयाम थप हुने र अहिले तातिरहेको बजारलाई थप गति दिने व्यावसायिक वृत्तमा बहस समेत हुने गरेको छ ।
बजाज चेतक र टीभीएस आईक्युब बाहेक भारतमा अहिले ओला, सिम्पल वान, रिभोल्ट र एथर लगायत ब्रान्डले समेत चर्चा बटुलिरहेका छन् । यी ब्रान्ड समेत ढिलोचाँडो नेपाल भित्रिने नै छन् ।
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...
काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...
डेरी ईएम७ इलेक्ट्रिक र सोलार दुवैबाट चलाउन सकिने हाइब्रिड कार हो । नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...