ओलाले एक वर्षमै बिक्री गर्यो २ लाख ५० हजार बढी स्कुटर
भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले बिक्रीमा नयाँ...
चितवन । स्काइवेल विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्सले ’चितवन महोत्सब २०८१’ मा स्काइवेलको १.१५ करोड माथिको नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रिमियम ईभी ’ईटी५’ महोत्सबबाट ५ वटा डेलिभरी भएको बताएको छ ।
सबै बुकिङ्गलाई जी मोटर्स प्रालिका बिजनेस हेड युग प्रसाद रिमालले स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए ।
’चितवन महोत्सब २०८१’ मा जी मोटर्स स्काइवेलले अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ । यो माया एवम् ग्राहक सदभावले उत्साहित भएको र छिट्टै ग्राहकहरुको सुबिधालाई ध्यान दिई सेल्स शोरुम एवम् सर्भिसको पुर्ण सुविधा उपालब्ध गराउने प्रतिबद्धता समेत जी मोटर्सले व्यक्त गरेको छ ।
महोत्सवको अवसर प्रदान गरी व्यवसाय प्रवर्धन गर्ने मौका दिएकोमा उद्योग वाणिज्य संघ चितवन एवम् सम्पूर्ण कार्यकारीमा प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद ज्ञापन गरे ।
चितवन महोत्सब २०८१ मा उपलब्ध ईभीमा स्काइवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिं नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स भएको एवम् सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप, त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको र गुणस्तरयुक्त भएकोले रोजाइमा परेको भन्दा प्रबन्ध निर्देशक गेलालले चितवनका ग्राहकलाई हार्दिक कृतज्ञता एवम् धन्यवाद ब्यक्त गरेका छन् ।
आगामी दिनमा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा सहित चितवन क्षेत्रको बजारलाई मुख्य क्षेत्रको रुपमा लिएर ग्राहकलाई सहज रुपमा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
हाल नेपालमा १४० युनिट भन्दा बढी स्काइवेलका ईटी५ प्रिमियम ईभी बिक्री भइसकेको र हाल कम्पनीसँग ईटी५ र बीई ११ मोडलमा ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन् ।
युरोपियन बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु–भागमा सहजै यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।
स्काइवेल जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत विश्वका ६५ भन्दा बढी देशमा बिक्री हुँदै आएको कम्पनीको भनाइ छ ।
भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले बिक्रीमा नयाँ...
फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी३...
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...