यी हुन् आर्थिक वर्ष २०२६ मा सर्वाधिक बिक्री भएका इलेक्ट्रिक कार

इलेक्ट्रिक सवारी साधनको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ। सस्तो यात्रा, न्यून मर्मत खर्च र प्रविधिमा आएको सुधारका कारण अहिले ईभी कार पेट्रोल डिजेल गाडीको बलियो विकल्प बन्दै गएको छ । रिपोर्टका अनुसार भारतमा आर्थिक वर्ष २०२६ मा कुल २ लाख २० हजार १०५ इलेक्ट्रिक कार बिक्री भएको छ ।

एमजी विन्डसर - यस वर्ष सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार एमजी विन्डसर बनेको छ । आर्थिक वर्ष २०२६ मा सो कार कुल ४६ हजार ७२० युनिट बिक्री भएको थियो। यसको बजार हिस्सा २१.२ प्रतिशत थियो ।

टाटा नेक्सन ईभी - बिक्री चार्टमा टाटाको नेक्सन ईभी दोस्रो स्थानमा रह्यो। एक वर्षमा कुल २९ हजार १९७ युनिट बिक्री भयो। यसको बजार हिस्सा १३.३ प्रतिशत थियो।

महिन्द्रा एक्सईभी नाइनई - बिक्रीको हिसाबले महिन्द्राको यो इलेक्ट्रिक कार तेस्रो स्थानमा रह्यो। कुल २७ हजार ३३६ जनाले यसलाई किनेका थिए। कुल बिक्रीमा यो कारको हिस्सा १२.४प्रतिशत थियो।

टाटा ह्यारियर ईभी - १७ हजार ५९० युनिट बिक्रीको साथ, टाटा ह्यारियर ईभी बिक्री चार्टमा चौथो स्थानमा रह्यो। यो इलेक्ट्रिक कारको बजारमा ८ प्रतिशत हिस्सा थियो।

टाटा पन्च ईभी - टाटाको पन्च कम्पनीको सबैभन्दा प्रसिद्ध इलेक्ट्रिक कारहरु मध्ये एक हो। आर्थिक वर्ष २०२६ मा कुल १७ हजार ११७ जनाले यसलाई किनेका थिए। कुल बिक्रीमा यसको हिस्सा ७.८  प्रतिशत थियो।

महिन्द्रा बीई सिक्स - बिक्रीको हिसाबले महिन्द्राको यो इलेक्ट्रिक कार छैटौं नम्बरमा रह्यो। एक वर्षमा कुल १६ हजार ३१३ जनाले कार किनेका थिए। कुल बिक्रीमा यसको हिस्सा ७.४ प्रतिशत थियो।

टाटा टियागो - टाटा टियागो ईभीले आर्थिक वर्ष २०२६ मा कुल १४ हजार ६९७ ग्राहकहरू पाए । सो इलेक्ट्रिक कार बिक्री चार्टमा सातौं नम्बरमा रह्यो र कुल बिक्रीमा यसको योगदान ६.७ प्रतिशत थियो।

एमजी कमेट - सानो र राम्रा इलेक्ट्रिक कार एमजी कमेटले एक वर्षमा कुल १० हजार २९२ युनिट गरेको छ । यसको कुल बिक्रीमा बजार हिस्सा ४.७ प्रतिशत थियो।

महिन्द्रा नाइनएस - महिन्द्राको सो इलेक्ट्रिक कारले एक वर्षमा कुल ७ हजार ८९६ ग्राहकहरू पाएको थियो। कुल बिक्रीमा यसको हिस्सा ३.६ प्रतिशत थियो।

टाटा कर्भ ईभी - टाटा कर्भ इलेक्ट्रिक बिक्रीको हिसाबले दशौं स्थानमा थियो। एक वर्षमा कुल ६ हजार ९६४ युनिट बिक्री भएको थियो र कुल बिक्रीमा यसको योगदान ३.२ प्रतिशत थियो।

सम्बन्धित समाचारहरू

प्योर ईभीले ल्यायो १५० किमी रेन्ज दिने अर्को इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो

प्योर ईभीले ल्यायो १५० किमी रेन्ज दिने अर्को इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो

इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...

२०३० सम्ममा सम्पूर्ण रेन्जलाई इलेक्ट्रिफाई गरिसक्ने रोल्स रोयसको उद्घोष

२०३० सम्ममा सम्पूर्ण रेन्जलाई इलेक्ट्रिफाई गरिसक्ने रोल्स रोयसको उद्घोष

बिलासी कार उत्पादक रोल्स रोयसले सन् २०३० सम्ममा आफ्ना सम्पूर्ण रेन्जलाई...

लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

काठमाडौं–लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्सले बाजी मारेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...