आर्थिक वर्ष २०२४-२५ मा सबैभन्दा धेरै बिक्री हुने कार सूची सार्वजनिक, वागनआरको प्रभुत्व कायमै

मारुती सुजुकीले फेरि एक पटक कार बिक्रीको सूचीमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्म मारुती सुजुकी वागनआर भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ, जसको बिक्री संख्या १ लाख ९८ हजार युनिटभन्दा बढी थियो।

वागनआरले टाटा पन्च, हुन्डाई क्रेटा, मारुती अर्टिगा र ब्रेजा जस्ता लोकप्रिय एसयूभी तथा एमपीभीलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । गत आर्थिक वर्षमा ग्राहकहरूको मनमा विशेष छाप छोड्न सफल शीर्ष १० कारहरूको सूची तयार पारिएको छ, जसमा वागनआरले अग्रस्थान ओगटेको छ।

मारुती सुजुकी वागनआर : मारुती सुजुकी वागनआर विगत ४ वर्षदेखि भारतको नम्बर १ कारको रूपमा कायम रहँदै आएको छ। यो वर्ष पनि वागनआरले टाटा पन्चलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको छ। कम्पनीले सो कार १ लाख ९८ हजार ४५१ युनिट बिक्री गरेको थियो । वागनआरको उत्कृष्ट माइलेज, किफायती मूल्य र कम मर्मतसम्भारका कारण यो मध्यम वर्गीय परिवारको पहिलो रोजाइ बनेको छ।

टाटा पन्च : टाटा मोटर्सको टाटा पन्च १ लाख ९६ हजार ५७२ युनिट बिक्रीसहित दोस्रो सर्वाधिक बिक्री हुने कार बन्न सफल भयो। यसको दमदार सुरक्षा विशेषता र एसयूभी लुक्सले बजारमा निकै लोकप्रियता कमायो ।

हुन्डाई क्रेटा : नयाँ पुस्ताको हुन्डाई क्रेटा आफ्नो बोल्ड लुक्स र प्रिमियम सुविधाका कारण निकै लोकप्रिय छ । २०२४-२५ को आर्थिक वर्षमा यसको १ लाख ९४ हजार ८७१ युनिट बिक्री भयो ।

मारुती सुजुकी अर्टिगा : ७ सिटर एमपीभी सेगमेन्टमा मारुती सुजुकी अर्टिगाको दबदबा यथावत् रह्यो । आर्थिक वर्षभरिमा १ लाख ९० हजार ९७४ युनिट बिक्री भयो। ठूलो परिवारका लागि उपयुक्त विकल्प मानिने अर्टिगाले राम्रो माइलेज, प्रशस्त ठाउँ र आरामदायी यात्राको अनुभव प्रदान गर्छ।

मारुती सुजुकी ब्रेजा : ब्रेजाले गत वर्ष १ लाख ८९ हजार १६३ युनिट बिक्री गर्दै पाँचौं स्थान हासिल गर्‍यो। सब-कम्प्याक्ट ४ मिटर एसयूभी सेगमेन्टमा ब्रेजाले उत्कृष्ट प्रदर्शन गर्‍यो। यसको बोल्ड डिजाइन, लुक र राम्रो माइलेजले लाखौं ग्राहकलाई आकर्षित गर्‍यो।

मारुती सुजुकी स्विफ्ट : बजेट प्रिमियम ह्याचब्याक सेगमेन्टमा लामो समयदेखि मनपर्ने कार स्विफ्टको १ लाख ७९ हजार ६४१ युनिट बिक्री भयो। स्पोर्टी डिजाइन, सहज ड्राइभिङ अनुभव र विश्वसनीयताका कारण यो सूचीको छैठौं स्थानमा रह्यो।

मारुती सुजुकी बलेनो : प्रिमियम ह्याचब्याक सेगमेन्टको बलेनोको १ लाख ६७ हजार १६१ युनिट बिक्री भयो। यसको स्टाइलिश लुक र अत्याधुनिक सुविधाले यसलाई लोकप्रिय बनाइरहेको छ।

मारुती सुजुकी फ्रङ्क्स : फ्रङ्क्स मारुती सुजुकीको नयाँ मोडल हो, जसले छोटो समयमा १ लाख ६६ हजार २१६ युनिट बिक्री गर्दै ग्राहकको मन जित्न सफल भयो। यसको एसयूभी शैलीको डिजाइन र टर्बो इन्जिन विकल्प विशेष गरी युवाहरूबीच लोकप्रिय छन्।

मारुती सुजुकी डिजायर : सूचीको एक मात्र सेडान डिजायर हो, जसको १ लाख ६५ हजार २१ युनिट बिक्री भयो। अद्भुत माइलेज, सुरक्षित र आरामदायी यात्रा अनुभवले डिजायरलाई सेडानप्रेमीबीच पहिलो रोजाइ बनाएको छ।

महिन्द्रा स्कोर्पियो : महिन्द्राको स्कोर्पियो, विशेष गरी नयाँ स्कोर्पियो-एन संस्करण गत वर्ष १ लाख ६४ हजार ८४२ युनिट बिक्रीसहित शीर्ष १० मा समावेश भयो । बलियो बनावट, शक्तिशाली इन्जिन र अफराेड क्षमताका कारण सो एसयूभी सवारी प्रेमीहरूबीच लोकप्रिय रहेको छ ।

सम्बन्धित समाचारहरू

६० लाख युनिट उत्पादन भयो सुजुकीको यो स्कुटर, नेपालमा किन गुमनाम ?

६० लाख युनिट उत्पादन भयो सुजुकीको यो स्कुटर, नेपालमा किन गुमनाम ?

सुजुकी मोटरसाइकल इण्डियाले एक्सेस १२५ स्कुटरको ६० औं लाख युनिटलाई रोलआउट...

२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

काठमाडौं – भीजी अटोमोबाइल्सले सन् २०२१ मा ४ हजार ४५६ युनिट सवारी साधन...

माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

मारुती सुजुकीले आफ्नो सबैभन्दा सानो र सस्तो ह्याचब्याक अल्टोलाई थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...