सूर्यविनायक–धुलिखेल सडक विस्तार पुनः थालिने, ७ अर्बको टेन्डर हुँदै
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको...
सडक सुरक्षालाई ध्यानमा राख्दै विश्वका उत्कृष्ट र खराब ड्राइभिङ देशहरूको सूची जारी गरिएको छ । ड्राइभिङको ज्ञान नाप्न गाह्रो भएकाले ट्राफिक सचेतना, ट्राफिक जोखिम र सडकका अन्य कारणका आधारमा सूची तयार गरिएको अध्ययनले जनाएको छ ।
रगतमा अल्कोहलको मात्रा, सडकको गुणस्तर, सामाजिक सञ्जालमा सडक सुरक्षाका विषयको अवस्था, सडकबाट हुने मृत्युको संख्यालगायतका विभिन्न पक्षलाई हेरेर सूची तयार गरिएको हो । विश्वमा हरेक वर्ष सडक दुर्घटनाको कारण लाखौं मानिसहरुको मृत्यु हुने गरेको छ ।
सूची अनुसार जापान विश्वमा सबैभन्दा सुरक्षित चालक भएको देश रहेको छ । यो अध्ययन ५० भन्दा बढी देशमा गरिएको हो । जापानमा रगतमा अल्कोहलको सीमा ०.०३ जी/डीएल छ । जापानमा सामाजिक सञ्जालमा ड्राइभिङ सम्बन्धी सकारात्मक भावना छ । जापानको सडक गुणस्तर सूचीमा विश्वमा चौथो स्थानमा छ । जापान ड्राइभिङका लागि मात्र होइन पैदल यात्रुका लागि पनि धेरै सुरक्षित देश हो ।
सोही सूची अनुसार थाइल्याण्डमा विश्वमा सबैभन्दा खराब चालक छन् । थाइल्याण्ड विश्वको सबैभन्दा खराब ट्राफिक अवस्था मध्ये एक छ । पेरु दोस्रो स्थानमा छ भने सबैभन्दा खराब चालकको सूचीमा लेबनान तेस्रो स्थानमा छ । सबैभन्दा खराब चालकको सूचीमा भारत चौथो स्थानमा छ ।
सुची अनुसार सबैभन्दा सुरक्षित १० देश युरोपमा छन् र नेदरल्यान्ड युरोपका देश मध्ये सबैभन्दा राम्रोमा पर्छ ।
विश्वका ५० भन्दा बढी देशमा यो अध्ययन गरिएको थियो । सबैभन्दा खराब चालकको सूचीमा क्रमशः थाइल्यान्ड, पेरु, लेवनान, भारत र मलेसिया छन् भने सबैभन्दा सुरक्षित चालकको सूचीमा क्रमशः जापान, नेदरल्यान्ड, नर्वे, इस्टोनिया र स्वीडेन छन्
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको...
गलेश्वर – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड...
काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...