बेनेलीले सार्वजनिक ग-यो एड्भेन्चर बाइक टीआरके ८००

बेनेलीले हाल इटालीमा जारी मोटरसाइकल शो ईआईसीएमएमा टीआरके ८०० एड्भेन्चर बाइक प्रदर्शन गरेको छ । कम्पनीले हालै यसको टिजर पनि जारी गरेको थियो । टीआरके बाइक युरोपेली बजारमा निकै लोकप्रिय बनेको छ । चिनियाँ स्वामित्वमा रहेको इटालियन कम्पनीले यसको नयाँ मोडल सार्वजनिक गरेको हो ।

फिचर
बाइकमा फुल एलईडी हेडल्याम्प, ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, एडजस्टेबल विन्डशिल्ड, स्प्लिट सिट, स्प्लिट पिलियन ग्र्याब रेल, साइड माउन्टेड एक्जस्ट र गार्ड फिचर समावेश गरिएको छ । बाइकमा १९ इन्च÷१७ इन्च स्पोक आल्मुनियम ह्विल जडान गरिएको छ जसले ट्युबलेस टायरलाई सपोर्ट गर्छ ।

इन्जिन र पावर
बाइकमा ७५४ सीसी, प्यारेलर ट्वीन इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७५ बीएचपी पावर र ६७ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो इन्जिन बेनेली लियोन्सिनो ८०० मा प्रयोग भएको थियो ।

सस्पेन्शन र ब्रेकिङ
बेनेली टीआरके ८०० मा ५० एमएम यूएसडीको फुल एड्जस्टेबल फ्रन्ट फोर्क र प्रिलोड र रियर मोनोसक सस्पेन्शन समायोजन गरिएको छ । ब्रेकिङको लागि बाइकमा डुअल ३२० एमएम रोटर अप फ्रन्ट र सिंगल २६० एमएम रोटर जडान गरिएको छ ।

स्पेसिफिकेशन
टीआरके ८०० मा २११ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसको सिट उचाइ ८३४ एमएम र कर्ब वजन २२६ किलोग्राम रहेको छ ।

लन्चिङ समय
बेनेली टीआरके ८०० सन् २०२२ मा अन्तर्राष्ट्रिय बजारमा डिलरशिपमा पुग्ने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार टीआरके ८०० अर्को वर्ष भारतमा लन्च गरिने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि बेनेलीको आधिकारिक वितरकको रुपमा केटीएम इन्टरनेसनलले विभिन्न मोडलका बाइक बिक्री–वितरण गरिरहेको छ । ग्राहकको चाहना भएमा यो बाइक पनि नेपाली बजारमा भित्रिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...

नयाँ स्कुटर र लगानीकर्ता थप भएसंगै बेनेलीले माग्यो एकैपटक २१ स्थानमा डिलर

नयाँ स्कुटर र लगानीकर्ता थप भएसंगै बेनेलीले माग्यो एकैपटक २१ स्थानमा डिलर

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेश्नल...

बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...