१४ हजार बढी मूल्य सहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके नेपालमा
काठमाडौं – नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर...
बेनेलीले चाँडै टीआरके सिरिजको नयाँ बाइक टीआरके ७०२ एड्भेन्चर ट्विन सिलिन्डर मोडल लन्च गर्न तयारी गरिरहेको छ । यस बाइकको फिचर पनि लिक भएको छ । युरोपेली देशहरूमा बिक्री भइरहेको कम्पनीको टीआरके ५०२ जस्तै नयाँ बाइक पनि राम्रो बिक्री हुने अपेक्षा कम्पनीले गरेको छ ।
नयाँ बाइकको कुल वजन २२० किलोग्राम छ, जुन टीआरके ८०० को भन्दा अलि कम छ, तर यो चाँडै भारतीय वा नेपाली बजारमा लन्च गर्ने सम्भावना भने छैन ।
नयाँ टीआरके ७०२ पूर्णतया फरक बाइक हुनेछ । नयाँ टीआरके ७०२ मा ६९३ सीसी ट्विन इन्जिन हुनेछ । सो इन्जिन सीएफमोटोको ७००एल–एक्स सहित क्युजे मोटरमा पनि समावेश गरिएको छ । सो इन्जिनले अधिकतम ७५ एचपी पावर जेनेरेट गर्न सक्षम छ ।
नयाँ बाइकमा फरक इन्जिनका साथै नयाँ डिजाइन गरिएको फ्रेम पनि प्रयोग गर्ने सम्भावना छ । यो अवधारणात्मक रूपमा टीआरके ८०० को स्टील ट्रेलिस युनिट जस्तै छ । साथै बाइकमा फरक स्विङआर्म डिजाइन पनि पाइन्छ, यद्यपि बाइकको लुक पूर्णतया टीआरके ८०० बाइक जस्तै हुनेछ ।
टीआरके ७०२ को टायर, ब्रेक र सस्पेन्शन टीआरके ८०० जस्तै हुनेछ । साथै, नयाँ बाइक २ भेरिएन्ट स्पोक ह्विल र अलोय ह्विलमा उपलब्ध हुनेछ । स्पोक ह्विल भेरिएन्टमा टीआरके ८०० जस्तै ट्यूबलेस रिमहरू हुनेछ, जसमा ११०÷८०आर–१९ फ्रन्ट र १५०÷७०आर–१७ रियर टायरहरू छन् ।
अलोय ह्विल भेरिएन्टमा १२०÷७०जेडआर–१७ टायरसहितको १७ इन्चको सानो फ्रन्ट ह्विल हुनेछ भने रियरमा १६०÷६०जेडआर–१७ टायर हुनेछ ।
काठमाडौं – नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर...
वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल...
बेनेलीको नेपाली बजारमा सबैभन्दा सस्तो मोटरसाइकल हो टीएनटी १५ । यसको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...