यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले हालै भित्र्याएको टीआरके मोटरसाइकल अहिले एड्भेन्चर बाइक प्रेमीमाझ लोकप्रिय बनिरहेको छ । चीनबाट आयात गरी ल्याइएको यो मोटरसाइकल यूरो ६ मापदण्डको हो । जसको मूल्य ८ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो बाइकमा २४९ सीसीको सिंगल सिलिन्डर, ४ स्ट्रोक ४ भल्वयुक्त नयाँ जेनेरेसनको ईएफआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २५.५ एचपी र टर्क २१.१ एनएम रहेको छ ।

६ स्पिड गियरबक्स दिइएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । साथै वेट मल्टिप्लेट क्लच जडान गरिएको यो बाइकमा स्टिल ट्युव ट्रेलिस च्यासिस दिइएको छ ।

डुअल एबीएस सहितको फोर क्लिपर डिस्क ब्रेक जडान गरिएको टीआरके २५१ मा राइडरले आफू अनुकूल तलमाथि गर्न मिल्ने इन्भर्टेड फ्रन्ट फोर्क्स सस्पेन्सन दिइएको छ । पछाडि सेन्ट्रल सक एब्जर्बर सहितको स्विंगआर्म सस्पेन्सन जडान गरिएको छ ।

यो नयाँ बाइकमा पूर्णत डिजिटल डिस्प्ले र ट्विन प्रोजेक्टर एलईडी हेडलाइट उपलब्ध गराइएको छ । सेतो, कालो र रातो कलरमा उपलब्ध यो बाइकमा लामो यात्रा गर्न सहज हुने गरी १८ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ । बाइकको कुल तौल १६४ किलोग्राम रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

काठमाडौं – नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च...

बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...

बेनेलीले सार्वजनिक ग-यो एड्भेन्चर बाइक टीआरके ८००

बेनेलीले सार्वजनिक ग-यो एड्भेन्चर बाइक टीआरके ८००

बेनेलीले हाल इटालीमा जारी मोटरसाइकल शो ईआईसीएमएमा टीआरके ८०० एड्भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...