पोखरामा वेनेलीको नयाँ शोरुम, नगद छुटदेखी ६० हजार डाउन पेमेन्टमै नयाँ मोटरसाइकल

बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले आज पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ ।

यो नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्टस सुविधा उपलब्ध रहने कम्पनीले बताएको छ । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने विश्वा लिइएको छ ।

यो नयाँ शोरुम उद्घघाटनको उपलक्ष्यमा कम्पनीले ३० हजार रुपैयाँ नद छुट, एक्सचेन्जमा ४० हजार रुपैयाँको न्यूनतम मूल्याङ्कन र ६० हजार रुपैयाँको न्यूनतम डाउनपेमेन्ट स्किम समेत ल्याएको छ । यसैगरी ५० प्रतिशत डाउन पेमेन्टमा ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउनेछन् । ग्राहकले मोटरसाइकलको सर्भिसिङ गराउन चाहेको खण्डमा निशुल्क वासको सुविधा, लेवर चार्जमा ५० प्रतिशत छुट र लुव्रिकेन्ट्समा १५ प्रतिशतको छुट समेत पाउने भएका छन् ।

वेनेलीको नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यीमोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ सेग्मेन्टका हुन् । १२५ सीसीदेखि ७५० सीसीसम्मका यी मोटरसाइकलको मूल्य २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

वेनेलीको हाल विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

सम्बन्धित समाचारहरू

बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

काठमाडौं– नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...

बेनेलीले सार्वजनिक ग-यो एड्भेन्चर बाइक टीआरके ८००

बेनेलीले सार्वजनिक ग-यो एड्भेन्चर बाइक टीआरके ८००

बेनेलीले हाल इटालीमा जारी मोटरसाइकल शो ईआईसीएमएमा टीआरके ८०० एड्भेन्चर...

३०० सिसी इन्जिनमा आयो बेनेलीको नयाँ एड्भेन्चर मोटरसाइकल

३०० सिसी इन्जिनमा आयो बेनेलीको नयाँ एड्भेन्चर मोटरसाइकल

चिनियाँ टु–ह्विलर उत्पादक बेनेलीले ३०० सिसी सेग्मेन्टमा नयाँ एड्भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...