बेनेलीको पहिलो स्कुटर आज नेपाली बजारमा सार्वजनिक गरिदै

काठमाडौं – नेपाली बजारमा पहिलो पटक इटालियन रेट्रो स्कुटर सार्वजनिक गरिने भएको छ । बेनेलीको प्यानेरिया स्कुटर नेपाली बजारमा केटीएम इन्टरनेसनल ट्रेडिङले एक कार्यक्रमका बीच लन्च गर्ने योजना बनाएको छ ।

करिव दुई साता पहिले बुकिङ खुल्ला गरिएको प्यानेरिया १२५ स्कुटर नेपाली सडकका लागि नयाँ अनुभव हुनेछ । ब्ल्याक, ब्लु, ह्वाइट र यल्लो गरी चार कलर अप्सनमा उपलब्ध हुने यो स्कुटरको मूल्य ३ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ ।

एफआई इन्जिनयुक्त सो स्कुटर क्लासिक रेट्रो लुकमा उपलब्ध छ । रेट्रो लाइफ मन पराउने ग्राहकलाई लक्ष्यित गरिएको सो स्कुटरको नाम इटालियन आइल्यान्डको नामबाट राखिएको हो । फुल्ली लोडेड फिचरयुक्त सो स्कुटरमा १२/९० साइजको टायर प्रयोग गरिएको छ । यसमा भएको १२५ सीसी इन्जिनले ६००० आरपीएममा ८.५ हर्स पावर तथा ७५०० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ । 

फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको फुल एलईडी लाइटिङ सिस्टम, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम, किल स्विच, चार्जिङ प्वाइन्ट आदि विभिन्न फिचर भएको सो स्कुटर भित्रिए पश्चात १२५ सीसी सेगमेन्टको नेपाली स्कुटर बजारमा अर्को प्रतिस्पर्धि थपिने अनुमान गर्न सकिन्छ । डिजाइन, लुक्स, मूल्य र फिचर आदिका आधारमा यो स्कुटरले हाल नेपाली बजारमा उपलब्ध भेस्पा ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...

बेनेली एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न

बेनेली एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न

बेनेलीले एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न गरेको छ । राइड...

बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार

बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार

काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...