बेनेलीका बाइकको बढ्यो मूल्य, एउटै बाइकमा १ लाख १५ हजार सम्म मूल्य वृद्धि (सूची सहित)
काठमाडौं – नेपाली बजारमा उपलब्ध बेनेलीका विभिन्न मोडलका बाइकको मूल्य...
काठमाडौं – बेनेली नेपालले भिडियोग्राफीको माध्यमबाट आफ्नो क्रिएटिभ आइडिया सेयर गर्ने विभिन्न मोटो भ्लगर्सहरुको भेटघाट कार्यक्रम ‘बेनेली मोटोभ्लगर्स मिट’ सम्पन्न गरेको छ । शनिबार सम्पन्न सो कार्यक्रममा ४० भन्दा बढी मोटो भ्लगर्सहरु भेला भएका थिए ।
सो अवसरमा मोटो भ्लगर्सहरुलाई रोड सेफ्टी र विभिन्न कानुनी पक्षहरुका वारेमा जानकारी प्रदान गरिएको थियो भने उनीहरुले आफ्नो मोटो भ्लगिङ यात्राको वारेमा समेत जानकारी आदानप्रदान गरेका थिए ।
नेपाली बजारमा उपलब्ध इटालियन ब्रान्ड बेनेलीका विभिन्न मोडलहरु ७५२एस, टीएनटी ६००आई, ३०२एस, टीआरके२५१ र प्यानेरिया १२५ समेत सो अवसरमा प्रदर्शन गरिएको थियो र उनीहरुले यी बाइक तथा स्कुटर टेस्ट राइड गरेर आफ्नो अनुभव लिएका थिए ।
सन् १९११ मा इटालीको पेसारोमा टेरेसा बोनी बेनेली परिवारले बेनेलीको स्थापना गरेका थिए । इटालीका दुई पुराना मोटरसाइकल ब्रान्ड मध्ये बेनेली एक हो । बेनेलीले स्ट्रिट र स्पोर्ट पर्फमेन्स मोटरसाइकलका साथै प्रिमियम स्कुटर समेत नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । सबै प्रकारका राइडरका लागि उही समयमा अल्टिमेट राइडिङ एक्सपेरियन्स र सेफ्टी प्रदान बेनेली मोटरसाइकल र स्कुटर उत्पादन गरिएको कम्पनीको भनाइ छ । हाल विश्वका ९० भन्दा बढी देशमा बेनेलीको उपस्थिति छ ।
नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले बेनेलीका साथै किवे ब्रान्डको समेत कारोबार गरिरहेको छ । सन् २०१५ देखि कार्यरत केटीएम इन्टरनेसनलले हाल नेपालभर थ्रीएस सहितको २६ आउटलेटमार्फत सेवा उपलब्ध गराइरहेको बताएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध बेनेलीका विभिन्न मोडलका बाइकको मूल्य...
बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले आज...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...