नाडा अटो शोको आकर्षण बन्ने छ बेनेली इम्पेरियल ४००

काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले क्लासिक टेस्ट सहितको रेट्रो क्लासिक डिजाइनमा रहेको बेनेली इम्पेरियल ४०० नेपाली बजारमा उपलब्ध गराउने भएको छ । आगामी भदौमा हुने नाडा अटो शो सम्म सो मोटरसाइकल नेपाल आइपुग्ने कम्पनी स्रोतले बताएको छ ।

बेनेली इम्पेरियलमा भएको ३७४ सीसीको इन्जिनले ६००० आरपीएममा २१ पीएस पावर र ३५०० आरपीएममा २९ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको क्रोम इन्सर्टले यसको भिन्टेज स्टाइललाई थप मजबुत बनाएको छ । राउन्ड हेडलाइट र टियरड्रप ट्यांकले यसको महत्वलाई अझै उजागर गरेको छ ।

यसमा भएको टु–पिस्टन फ्लोटिङ क्यालिपर सहितको ३०० एमएम डिस्क ब्रेक र सिंगल पिस्टन क्यालिपर सहितको २४० एमएम डिस्क ब्रेकले ब्रेकिङ सिस्टमलाई ब्यालेन्समा राख्न सहयोग गर्छ । यसमा भएको स्पोक्ड रिम र एलसीडी क्लस्टरले यसको फरक पहिचान कायम गरेको छ ।

१२ लिटरको इन्धन ट्यांकी, १६५ एमएम ग्राउन्ड क्लियरेन्स, १४४० एमएम ह्विलबेस र २०५ किलोग्राम तौलले यो मोटरसाइकलको विशेषता दर्शाउछ ।

ड्युअल च्यानल एबीएस भएको यो मोटरसाइकल ३ कलर भेरिएन्टमा उपलब्ध हुनेछ । नेपाली बजारमा उपलब्ध भएमा यसले रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

काठमाडौं – नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

इटालियन ब्रान्ड मोटो मोरिनीका वाइक भारतमा उत्पादन हुने

इटालियन ब्रान्ड मोटो मोरिनीका वाइक भारतमा उत्पादन हुने

इटालिनय टु ह्विलर ब्रान्ड मोटो मोरिनीले भारतमा उत्पादन थाल्ने भएको छ ।...

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...