आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

काठमाडौं – नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले आज देखि बेनेली केयर क्याम्प प्रारम्भ गरेको छ । गैरीधारामा अवस्थित बेनेली सर्भिस सेन्टरमा आगामी मंसिर १६ सम्म हुने उक्त क्याम्पमा बेनेली टीएनटी ३००, ३०२एस र ३०२आर सर्भिसिङ गर्दा विशेष छुट प्राप्त हुनेछ ।

सो अवसरमा स्पेयर्स तथा ल्युबमा १० प्रतिशत, एसेसरिजमा १५ प्रतिशत, टायरमा २५ प्रतिशत र सर्भिस चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । त्यसैगरी वासिङमा शतप्रतिशत नै छुट उपलब्ध गराइने बताइएको छ ।

बेनेली केयर क्याम्पका लागि ९८०१२३४४४७ र ९८०१२३३०३४ मा फोन गरेर बुकिङ समेत गर्न सकिने बताइएको छ ।

नेपालमा इटालियन प्रविधिको बेनेली बाइकका विभिन्न मोडल बिक्री–वितरण भइरहेका छन् । नेपाली बजारमा २ लाख ५५ हजार देखि २५ लाख १५ हजार रुपैयाँ सम्म मूल्यका बेनेली बाइक उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा बेनेलीको पहिलो स्कुटर प्यानेरिया १२५ : यस्ता छन् ८ विशेषता

नेपालमा बेनेलीको पहिलो स्कुटर प्यानेरिया १२५ : यस्ता छन् ८ विशेषता

नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर...

नेपाल भित्रियो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार

नेपाल भित्रियो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार

काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा...

पहिलो पटक बेनेलीको १२५ सीसी स्कुटर नेपाल भित्रिदै, यस्तो हुनेछ मूल्य र विशेषता

पहिलो पटक बेनेलीको १२५ सीसी स्कुटर नेपाल भित्रिदै, यस्तो हुनेछ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा बेनेलीको १२५ सीसी स्कुटर भित्रिने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...